''उच्च महत्वकांक्षाको उपज चरम निरासा र बढदो बिदेश पलायन ''

| २०८० माघ ४ गते १६: २३ मा प्रकाशित

उमेर र जिम्मेवारि बढदै जांदा केहि गरुं अथवा आफ्नो आर्थिक पाटो बलियो बनाउं जस्तो लाग्नु स्वभाविक हो भने बजारमै घर, गाडि र बजारकै शुख सयल हुनु मात्रै जिवनको प्रगति हो भन्नु हिजो आजको समाजको सोच हो जुन अहिले ब्यापक रुपमा आम समुदायमा गढिरहेको छ । 

हिजो आज प्राइभेट सेक्टरमा राम्रो कमाउने मात्र नभै सरकारि सेवाका उच्च तह/ पदमा पुगेका नौ जवान युवाहरु त्यहि कथित प्रगति प्राप्त गर्ने अभिलाषा बोकेर बिस्वका बिभिन्न मुलुकमा श्रम तथा रोजगारिको लागि गएको पाइन्छ । नेपालमा बसेर केहि हुने वाला छैन ,  भन्ने वाक्य अहिले सायद आम युवाले हिजो आज सबै भन्दा बढि बोल्ने वाक्य जस्तै भएको छ । उसो त देशमै केहि गर्नु पर्छ भन्ने भावना सहित लाग्नेहरु केहिले राम्रै प्रगति गरेको पाइन्छ । एकातिर आम समाजमा पैसा आर्जन सङै बजारको बिलासि जिवनयापन नै जिवनको प्रगति हो भन्ने खालको सोच ब्यापक रुपमा फैलिएको छ भने अर्कोतिर आम अभिभावकहरुमा पनि कस्को सन्तति कुन मुलुक गयो वा पठायो भन्ने प्रतिस्पर्धा छ ।

 आफ्नो सन्तानले मुलुक छाडनु नै उस्को प्रगति हो भन्ने खालको सोच अभिवाकमा ब्याप्त त छ नै छोरा/ छोरि कुन देश गयो उक्त देशको नामले पनि सो अभिभावक वा परिवारको हैसियतको दर्जा दिने गरेको पनि पाइन्छ । राजनितिक अस्थिरता, आर्थिक मन्दि, गरिवि, महङि र आम बेरोजगारि देशका मुख्य समस्या हुन भन्ने कुरामा दुइ मत छैन । ब्यापार, ब्यवसाय, उधोग कलकारखाना नचल्ने र बन्द हुने सिलसिलाले रोजगारिको अवसर घटदै गएको छ जसको कारण दैनिकि चलाउन बिदेश जानेको संख्या बडदै गएको लामो इतिहास छ । तर बिभिन्न राम्रा निजि  संघ संस्था तथा सरकारि जागिर नै छाडेर बिदेस हिंडनुको एउटा कारण उच्च महत्वकांक्षा पनि हो । स्वदेसमै बसेर औसत जिवनयापन बिताइरहेका हजारौं युवाहरु हालको आफ्नो कमाइ र दैनिकि सङ सन्तुस्ट हुन नसक्नुले एकातिर उनिहरुको मनमा चरम निरासा बढदै गएको पाइन्छ भने अर्कोतिर धेरै धन कमाउने उत्क्ट मोह बढदै जानुले आफ्नो हालको काममा मन नलगाउने , हालको कमाइमा सन्तोष मान्न नसक्नु तथा नेपालमा बसेर केहि हुंदैन भन्ने वाक्यांशलाइ पच्छ्याउने क्रम बढिरहनु नै आम युवाले देश छाडनुको कारण हुन । महत्वकांक्षा एउटा त्यस्तो रोग हो जस्ले मानिसमा नयां नयां इच्छ्या जगाउने मात्र हैन केहि समय पछि आफ्नै काम र समग्र वरपरको वातावरण मन नपर्दै जाने र अन्तत मनमा निरासा पैदा गर्छ । त्यो निरासालाइ आशामा परिणत गर्न र आफ्नो महत्वकांक्षा पुरा गर्न एक मात्र बिकल्पको रुपमा मानिसले बिदेस जाने निर्णय गरेको पाइन्छ । त्यसैले उच्च महत्वकांक्षाको उपज चरम निरासा र बढदो बिदेस पलायन भएको छ ।

हालको बिदेश पलायनको कारण देशको आर्थिक, सामजिक, राजनितिक मात्र नभै उच्च महत्वकांक्षा र त्यसै प्रकारको सोचलाइ बढावा दिने मनोबृत्ति पनि हो जो अहिले शहरका गल्लि गल्लि देखि बिकट गांउका कुना कन्दरासम्म फैलिएको छ । यो अवस्था बढदै जानुमा आम युवाहरुको महत्वकांक्षा धेरै हुनु एउटा कारण हो भने हाम्रो बर्तमान समाजको मनोबृत्ति,  स्कुलिङ र ब्यक्तिको प्रगतिलाइ मापन गर्ने बिधि अर्को डरलाग्दो कारण हो । यसो भन्दै गर्दा यि सबै कुराको दोसि केवल समाज र राज्य मात्र हो भनियो भने पनि त्यो पुर्ण जायज हुंदैन आफ्नो क्षेत्रमा सन्तोक मान्न नसक्नु , भर नभएको जिन्दगिमा धेरै रहर साच्नु, बिलासि जिवन नै अन्तिम सत्य हो भनठान्नु, र मन देखि केहि गरौं न त भन्ने पुर्ण तत्परता सहितको हिम्मत जुटाउन नसक्नु हाम्रो अर्को कमजोरि हो । यो प्रकारको अवस्था आउनुमा हाम्रो समाज, राज्य सङै हामि ब्यक्ति स्वयम पनि दोसि छौं । 

लेखक - नबिन अर्याल 
सन्धिखर्क -६ , अर्घाखाँची  
हाल - बेलायत

प्रतिक्रिया दिनुहोस्