युवा भनेका देशको मेरुदण्ड हुन, कुनै पनि देशको विकासमा युवाहरुको सबै भन्दा ठुलो भूमिका रहन्छ

| २०८० माघ २२ गते २२: ५८ मा प्रकाशित

युवा भनेको देशको मेरुदण्ड हो र कुनै पनि देशको विकासमा युवाहरुको सबै भन्दा ठुलो भूमिका  हुन्छ ।तर हाम्रो देशमा देश बनाउने मुख्य मेरुदण्ड युवा शक्तिलार्ई देशमा रोजगारी सिर्जना गर्नु   साटो रेमिटान्स बाट देश चलाउने घृणित नालायक नितीले देशको स्थिती यस्तो भएको छ र युवा अरब बनाउन बाध्य छन् । 

अबको समय सबै युवा एक जुट भएर देश निर्माणमा लाग्नै पर्छ । भ्रष्टाचार विरुद्ध  ,लुटतन्त्र विरुद्ध ,समय समयमा हुने राष्ट्रघाती कदम विरुद्ध  ,बैंकको अत्याचार विरुद्ध ,नोकरशाही र मिलीजुली पुँजीवाद विरुद्ध एक जुट भएर उठनै पर्छ ।अहीले यस्तो इस्तिति छ कि अलि अलि  व्यापार गरेर बसेका युवा पनि सरकारको झंझटिलो  निति ,उच्च बैंक ब्याजदर  आदिले स्वदेशमै केही गर्छु भन्ने युवाहरु सबै छोडेर  विदेश पलायन हुन थालेका छन्  र नगएका पनि  विदेश पलायन हुने सोचमा छन् ।यो सबै रोक्नको लागि  पनि हामी  सबै युवा एक जुट हुनै पर्छ ।

अहीले देशमा कानुन त छ तर त्यो गरिब निमुखाको लागि मात्र जस्तो भयको छ ।ठुला नेता ,ठुला सरकारी कर्मचारी ,नेताको परिवार आदीको लागि  बनेको होइन जस्तो आभास  हुन्छ ।यो देश ठुला नेता ,ठुला सरकारी कर्मचारी ,नेताको परिवार पैसावाला को लागि  जस्तो मात्र भयको छ ।विकास र समृदिको नारा मात्रै  भएको छ त्यसैले अब सबै युवा उठेर एक जुट भएर देशलाई विकास र समृदिको बाटो डोराउनै पर्छ ।देश विकास गर्न राजनीति नै गर्न पर्नेंनै भन्ने हुन्न सबै युवा एकजुट भयर सरकारलाई यो गर त्यो गर भन्न सकिन्छ । 

अबको समय सबै युवा एक जुट भएर देश निर्माणमा लाग्नु पर्छ  र एक जनाले मात्र यो कार्य सम्भव हुदैन । अब हामि युवा कुनै दलको बिल्ला भिरेर नेताहरुको हनुमान भएर बस्नु पनि  हुन्न । जुन सुकै दलको नेताले गरेपनि सहिलाई सहि भन्नु पर्छ  र गलतको सशक्त बिरोध गर्नैपर्छ । 

अब हामी  देश भरिको युवाहरु देश बिकासको लागि , देशमा भएको महंगी ,भ्रष्टचार ,कमिसनतन्त्र ,लैंगिक हिंसा, राष्ट्रघात, राजनितीक भ्रष्टचार विरुद्ध लड्न नेपाली युवा समाज सबै युवा गोलबद्ध हुन विनम्र अनुरोध गर्दछौ ।हरेक टोल ,हरेक पालिका ,हरेक जिल्ला हुदैँ  देशभरि का युवा एकताबद्ध हुनै पर्छ ।

 सुनिल रायमाझी

भूमिकास्थान -०७ पानडांडा 

प्रतिक्रिया दिनुहोस्