''मुद्रामा मापन नहुने सम्पति कमाउनमा पनि जोड गरौं , सन्तुस्टि मिल्छ '

| २०८० माघ २२ गते २३: १७ मा प्रकाशित

हामि धरहरा तथा सगरमाथाको उचाइ बताउन सक्छौं, हावा र पानीको गति मात्र नभै समुन्द्रको गहिराइ नाप्ने यन्त्र पनि बिग्यानले बनायो , बिश्वका धनाड्य मानिसहरुको धन/ सम्पति यकिन गरिएका समाचारहरु पनि आउंछन तर केहि त्यस्ता सम्पति हुन्छन जस्को मौदृक मुल्य कति त भन्ने प्रश्नमा पुरै दुनिया अनुत्तरित छ ।जसरि भनिन्छ नि सुन्दरताको कुनै उच्चतम बिन्दु हुंदैन , त्यस्तै मानव जिवनका केहि त्यस्ता सम्पत्ति हुन्छन जुन अ्मुल्य छन या भनौ जस्लाइ मुद्रामा मापन गर्न सकिंदैन । 

सोचौं त यो हावा, यो पानी, घाम, माटो, बनस्पति, जिव, वयुमन्डल धर्ति र आकास बिचका हाम्रो वातावरणमा पाइने प्रकृतिका अनुपम उपाहार जुन प्रकृतिले हामिलाइ सित्तैमा दिएको छ । ति सबै कुरालाइ हामि पैसा तिरेका हैनौ नि,  हैनर?  तर यस्को अर्थ यो हैनकि ति सबै कुराको अर्थ/मुल्य छैन । कुरा यो हो कि ति सबै कुराको मुल्य पैसामा , तोलामा, के जि मा, वा यस्तै यस्तैमा छैन , ठिक त्यस्तै मानव जिवनमा मानिसले आर्जन गर्न सक्ने त्यस्ता धेरै सम्पति छन जस्को मापन मुद्रा वा पैसामा छैन ।

जिन्दगी आफैमा एउटा बिशाल अध्याय हो र जिन्दगिको परिभासा दिनु अत्यन्तै गार्हो कुरा हो जस्तो लाग्छ यद्धपि धेरै ब्यक्त्तिहरुले आ आफ्नो लय वा बुझाइका आधारमा यसलाइ परिभासित गर्नु भएको छ ।

एकातिर पुरै जिन्दगिको परिभासा हामि एक हरफमा दिनु असाध्यै जटिल कुरा हो भने अर्कोतिर भोगाइ, अनुभव, बुझाइ, पढाइका आधारमा मात्र नभै समय, परिवेस, परिस्थिति आदिका आधारमा जिन्दगिलाइ फरक फरक तरिकाले ब्याख्या र बिश्लेसण गरेको पाइन्छ । खैर जिन्दगिको परिभाषा जे सुकै होस, मानव जिवनसङ जोडिएका केहि त्यस्ता सम्पत्ति हुन्छन जस्मा हामि ध्यान दिएका हुंदैनौं । 

हामि एक मुट्ठि सास रहुन्जेल कित्ता कित्तामा भिभाजित हुन्छौं, कथित धन/ पैसा कमाउने होडवाजिमा वर्तमान समयमा  मानवले नाता-सम्बन्ध , साथित्व , नैतिकता,ईमान्दारीदा र भाईचारा समेत बिर्संदै गएको पाइन्छ । भोलि छाडेर जाने भौतिक बस्तु, (घर, जग्गा, गाडि, गरगहना ) आदि इत्यादिलाइ जिवनको बहुमुल्य सम्पति मान्छौं , पुरै दैनिकि ति भौतिक बस्तु तथा त्यसै प्रकारका सेवा सुबिधा प्राप्त गर्नमा खर्चिन्छौं जस्को स्वामित्व हामि केवल कागज वा सोहि प्रकारको लिखतमा लिन्छौं जसबाट हाम्रो नाम हामि मरेको केहि दिनपछि मेटिन्छ वा नामसरि हुन्छ । 

अर्थतन्त्र चलायमान हुन बस्तु तथा सेवाको कारोबार पैसासङै हुनु पर्दछ भन्ने कुरामा कुनै फरक मत छैन । मानिस बस्न घर चाहिन्छ, हिंडडुल गर्न गाडि चाहिन्छ र पेट पाल्न खाना चाहिन्छ ति सबैप्रति अपनत्व कायम राख्न चल्दै आएको प्रकृया अनुसारको स्वामित्व चाहिन्छ । पैसा के हो त भन्ने बिसयमा पनि हिजो आज केहि लाइन सुन्न पाइन्छ , कसैले Money is everything भनेको सुनिन्छ , कसैले Money is nothing भनेको सुनिन्छ त कसैले मध्यमार्गि दृस्टिकोणबाट Money is something but not everything भन्ने गरेको सुनिन्छ । पैसा के हो , जिवन के हो त्यो बहसको  वा बादबिबादको बिसय बन्न सक्छ तर  अन्तिम सत्य मरण नै हो भन्न हिचकिचाउनु भने नपर्ला ।

बडो भावनामा डुबेर पैसा केहि हैन भन्न लागियो र हात बांधेर बस्न थालियो भने त्यसको असर दैनिक जिवनयापनमा मात्र नभै समग्र अर्थतन्त्रमा पर्न जान्छ । र पैसा नै सबै हो भन्दै दुनिया भुलेर पैसाकै पछाडि दौडिंदा अन्तन पछाडि फर्केर हेर्दा जन्ति र मलामि पनि महंगो पर्ला ।दैनिकि चलाउनु हाम्रो धर्म हो , कर्म हो र यो दैनिकिमा विनिमयको माध्यम मुद्रा/ पैसा भएको छ । 

जिवनमा धन पैसा आर्जन गर्नु एउटा पाटो हो भने सन्तुस्टि त्यै जिवनको अर्को पाटो हो । जन्मिने दिन र चितामा जल्ने दिन बिचको ग्यापमा धेरै उतावचडाव आउंछन, अनेकौं सोच, भावना, धारणा, बिचार, चाहाना, रहर अनि बाध्यता यस्तै यस्तै बिच जिवन सन्तुलित ढंगबाट अगाडि बढाउनु नै त्यसको सार्थकता हो । दुनियांमा केहि कुरा धर्मले सिकाउंछ त केहि कुरा कर्मले सिकाउंछ । सैक्षिक उपाधि हासिल गर्नु र प्रमाणपत्र प्राप्त गर्नु एउटा पाटो हो भने अझ महत्वपुर्ण पाटो चेतनाको स्तर बृद्धि गर्नु सङै सोच बदलिनु हो । शैक्षिक उपाधि योग्यताको प्रमाण बन्न सक्ला तर स्तरिय सोंच अनि चेतना जिवन बदल्ने ओखति बन्न सक्छ ।हामिले भन्दै र मान्दै आएका ति भौतिक सम्पति , धन दौलत, घर, गाडि देख्न र छुन सकिने सम्पति हुन ।

मानव जिवन एउटा बिशाल साध्य हो  र ति देख्न र छुन सकिने सम्पति जिवन चलाउने साधन हुन जस्का लागि हामि दिन रात मेहनत गर्छौं । तर मानव जिवनमा अति महत्व राख्ने केहि त्यस्ता सम्पति कमाउन वा जोर्न पनि समय खर्चियो भने हाम्रो जिवन झन खुसिमय र सन्तुस्टिमय बन्न सक्दछ । जिवनमा त्यस्ता देख्न र छुन नसकिने सम्पति छन जस्को मुल्य के कति भन्ने उत्तर आज सम्म न अर्थशास्त्र सङ छ न त बिग्यानसङ छ ।

 तपाइलाइ कसैले दिएको माया, ममता, तपाइप्रति कसैले गर्ने सम्मान, इज्जत, तपाइप्रति कसैले देखाएको दया, करुणा, तपाइप्रति कसैले गरेको अशल ब्यबाहर, तपाइको बिचारप्रति कसैले दिएको समर्थन, तपाइको बोलिप्रति कसैले गरेको बिश्वास, तपाइको ब्यवाहरप्रति कसैले जनाएको एक्यबद्धता यि र यस्तै कुराहरुले हाम्रो जिवनमा मिल्ने आत्मसन्तुस्टि , के ति सबै कुराहरुको अर्थ/ मुल्य छैन ? ति सबै कुरा पैसामा किन्न पाइन्छ त ? ति सबै कुराको मुल्य तोकिएको छ त ? ति सबै अ्मुल्य सम्पति हुन ।

हामि हाम्रो जिवनको केहि समय त्यस्ता सम्पति आर्जिनमा पनि खर्चिन सकियो भने जिवन सकिएर गएता पनि त्यस्ता सम्पतिको स्वामित्व न त नामसारि हुन्छ न त सकिएर जान्छ । आमाको काख र मृत्युसैयाको बिचको समयमा केहि त्यस्त अदृश्य सम्पत्ति आर्जन गरौं जस्को मुल्य पैसामा हैन आत्मसम्मानमा हुन्छ । पावर/शक्ति र पैसाको लागि मरिहत्ते गर्दै भागदौडमै हतारो गरिरहंदा अरुप्रतिको क्रोध , रिस , डाह र घमन्ड त्यागि, प्रतिशोधको भावनाबाट अलग बसि  जिन्दगिको थोरै समय आपसि सद्धवाव, सम्मान, सहयोग , समन्वय , सहकार्य, सिस्टाचार र सह-अस्तित्वमा पनि जोड दिन सकियो भने एउटा सुन्दर , स्वच्छ , परिस्कृत, सम्मानित अनि देखिने / नदेखिने सम्पतिको धनि समाज निर्माण हुन सक्छ ।

लेखक: नविन अर्याल 
स • न •पा -६ अर्घाखाँची
हाल- बेलायत

प्रतिक्रिया दिनुहोस्