बा अब म बिदेश जाने

| २०८० माघ २४ गते १८: ३८ मा प्रकाशित

काठमाडौं सपना को सहर , यहाँ धेरै सपना देखें र आउँछन् थोरै का पूरा हुन्छन्  अनि कसैका सपना सपना सपनै हुन्छन। अक्सर सबै जना सुन्दर सपना सजाउ दै बसमा आफ्ना अनगिन्ती चित्रन कुर्दै हुन्छन् । जब बसबाट ओर्लिन छन्। अनि नयाँ अध्याय सुरु हुन्छ ।

 यो झिलिमिलि सहर मा सायद त्यो मानिस बसमा जब गाउँ बाट  चड्छ तब सधा को लागि एक्लो अज्ञान अन्जान अनि सधा को लगाई पराई हुन्छन। जनतन १२ पास गर्याे बिदेश जाने त आजकल ट्रेन्ड नै भाई सक्यो । अनि समाज परिवेश अनि यहाँको अवस्था लाई हेर्दा अब बिदेश नगै हुँदैन जस्तो लाग्छ । +२ पास गरे पोछी राम्रा अनि अबल अनि अलिकति पैसा भएका जाती  अमेरिका अषट्रेलिया अनि क्यानाडा युरोप जान्छन् । अनि सधा को लागि हराउँ छन् । अनि अरू सर्मिक visa मा खाडी या कोरिया जान्छन् आफ्नो सीप अनि लगन उतै खर्च गर्छन् । अनि बुढेस कॉल लागे पछि बल्ल फर्किन्छन् । अलि अलि यतै देश मै केही गरौं भन्ने मानिस त आजकल समाज का बोझ जस्तै हुन्छन् रे गाउँ तिर अनि देश मै बस्ने को त गाउँतिर बिहे नै हुन छोडें छ । 

समाज परिवेश अनि यहाँको अवस्था लाई हेर्दा अब बिदेश नगै हुँदैन जस्तो लाग्छ ।  पढ्न मा एकदमै अब्बल थिए म त्यो बेला गाउँकै एक सामुदायिक विद्यालय बाट राम्रै अंक मा  SEE पास गरे  पढ्न को लागि  सहर आय। +२  मा राम्रो अंक लिए र विज्ञान विषय मा उत्रिण भैयो बा को छोरा लाई को सानै देखि सरकारि जागिरे भय को हेर्ने सपना  थियो । 

त्यत्तिकै मा काठमाडौं को एउटा कलेज मा स्नातक मा भर्ना भइन्छ । साथी सब बिदेश लागिसके घर बनाए ऋण तिरी सके । यो कुरा ले मस्तिस्क मा दिन दिनै चिन्तन ले सताई रहेको हुन्छ । त्यत्तिकैमै श दिमाग मा विदेशिने सोच पलायो । घर जानु पर्यो बा संग बुझ्नु पर्यो अनि लाग्छ काठमाण्डु को बेस धूलो अनि धुवाँ देखि धेरै टाढा अफ्नो गाउँ म त्यत्तिकै मा गाउँ पुगे पछी माथिल्ला घरे ठुल्दाई को पसल मा चिया पिउँदै थिए । के एक  सुरकी चिया खाए को थिए त्यत्तिकै मा तल बाट सहिला दाई आउनुभयो । मेरो मन्टो उहाँ को खुट्टा तिर लम्कियो ( दर्शन दाई) उमेर ले ७० काटे पनि उहाँ झट्ट हेर्दा वयस्क नै देखिनुहुन्छ । त्यत्तिकै मा उँहा ले भन्नु भयो कान्छा आजकल के गरि रा छस् । खोइ बा मत के गरु के गरु भछ आजकल सँगै पढे का साथी सब बिदेश गै सके २-४ जना ले सरकारि जागिर खाए । तेतै बेला अर्को बाट फुत्त बोली आयो  

कान्छा एक चोटि बिदेश नी हेर न । अनि मैले भने कुन देश जाने । तै जाने छस् तँलाई नै थाहा होला नि भन्नु भो ।साँझ पर्यो म घर फर्किए अनि बेलुका खाना खाने बेला भो त्यत्तिकै मा मेरो मुख बाट फुत्त निस्कियो " बा अब म  बिदेश जान्छु "  मुखमा लादै गरे को भात को गास भुइँ मा  खस्यो अनि आँखा  को भित्र आँसु निकाल दै " किन जानुपर्यो  नि बिदेश सरकारि जागिर खाने हेई छ मान्छे ले कति कमा छन् त्यो धेरै माथि माथि को सोच्ने होइन " बा ले भन्नुभयो , अर्कै जवाफ को आश मा बसेको मा बा बाट यो सुने पौछि निःशब्द भय। काठमाण्डु आउने सोच पनि हरायो । जब बा लाई सोच्दा देश मै बसु लाग्छ साथी भाई  अनि देश को अवस्था हेर्दा बिदेश त न गई हुँदै न लाग्छ । 

आखिर सोच दुई धारा बीच अडियो अनि सधैं भरी प्रश्न ,गर्ने के अब ?

अमृत वेल्वासे अर्घाखाँची 

 

प्रतिक्रिया दिनुहोस्