छत्रदेबको मथुरावेसीमा गहुँ झाटने थेरेसरले च्याप्दा सन्धिखर्क १२ का एक युवाको घटनास्थलमै मु'त्यु

| २०७८ चैत २९ गते २१: १६ मा प्रकाशित

गणपति भुसाल।अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिकामा गहुँ झाटने थेरेसरले च्याप्दा एक जनाको मु"त्यु भएको छ। 

छत्रदेब गाँउपालिका वडा न ३ मथुरा बेसीमा आज लु.४ त ६१६८ नम्बरको ट्याक्टरमा जोडिएको थेरसर मेसिन काम गर्ने क्रममा भौगोलिक संरचना का कारणले डिसव्यालेन्स हुन गई पल्टिदा सन्धिखर्क नगरपालिका वडा नम्बर १२ का २३ बर्षिय निरन बि.सी को घटनास्थलमै मु'त्यु भएको छ।

साथै सोही क्रममा ट्याक्टर चालक कृष्ण मुखिया छत्रदेब गाँउपालिका वडा न ३ का ४१ बर्षीय खिम ब कुमाल घाईते भएका छन उनको स्वास्थ्य अबस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक सृजन विक्रम शाहले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्