अर्घाखाँचीको मथुरामा आज बिहान भएको आगलागीमा १० लाखभन्दा बढीको क्षति

| २०८० चैत ९ गते २२: १० मा प्रकाशित

अर्घाखाँची।  अर्घाखाँचीको मथुरामा आज बिहान भएको आगलागीमा १० लाखभन्दा बढीको क्षति भएको छ। 

छत्रदेव गाउँपालिका-३ मथुराको चापटारीमा युवराज पाण्डेको फेन्सी पसल र होटलमा आगलागी हुँदा १० लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी  दिपेन्द्र रावलले बताए। 

आगलागीमा फेन्सी पसलमा रहेका फेन्सी, कपडा तथा कस्मेटिकका सामान, होटलमा रहेका सामग्रीहरू नष्ट हुँदा १० लाख ६८ हजार बराबरको क्षति भएको प्रहरीको भनाइ छ। आगलागीका बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्