अर्घाखाँचीमा ८१ वर्षीया वृद्वाको आगोमा जलेर मृ'त्यु

| २०८० फागुन ६ गते १६: १२ मा प्रकाशित

पूजा केसि अर्घाखाँची। अर्घाखाँचीको छत्रदेव गाउँपालिका-७ काउलेकी ८१ वर्षीया महिलाको आगोमा जलेर मृत्यु भएको छ।

घरमा खाना बनाउने क्रममा आगोले जलेर गम्भीर घाइते भएकी पार्वती पाण्डेको उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका निमित्त प्रमुख प्रहरी निरीक्षक विक्रम रिजालले बताए।

गत सोमबार आगोले जलेर घाइते भएकी उनको उपचारका क्रममा पाल्पा मिसन अस्पताल तानसेनमा आज बिहान मृत्यु भएको अर्घाखाँची प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्