धातिवाङ्गमाविद्यार्थीलाई वडाको कोशेली ‘झोला, कापी र ड्रेस’

| २०८० चैत ९ गते २१: ४४ मा प्रकाशित

अर्घाखाँची, ९ चैत । अमर आधारभुत विद्यालयमा कक्षा ५ मा अध्ययन गर्ने अमृता नेपालीले १ थान स्कुल लैजान मिल्ने झोला, २० थान कापी, १ सेट सट र पाईन्टको ड्रेस साथमा लेख्ने कलम पाए । घरको आर्थिक अवस्था सामान्य रहेका अमृताले शैक्षिक सामाग्री पाउँदा खुसी भईन् । उनले प्राप्त गरेका शैक्षिक सामाग्री वडा कार्यालयले निशुल्क दिएको हो । विद्यालयले उनलाई वडा कार्यालयमा शैक्षीक सामाग्री पाउँने विद्यार्थीका रुपमा छनोट गरेको थियो । 

धातिवाङ्गमा माविमा कक्षा ९ मा अध्ययन गर्ने सामान्य परिवारकी निशा परियारले पनि शैक्षिक सामाग्री पाईन् । शैक्षिक सामाग्रीका साथमा विद्यालयमा लगाउँने ड्रेस पनि पाएकी छात्रा खुसी हुदैँ १ वर्षका लागि धेरैजसो सामाग्रीहरु पुगेको बताईन् ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत र वडा अध्यक्षको हातबाट शैक्षिक सामाग्री पाएपछि खुसी हुदैँ अध्ययनलाई पनि प्राथमिकता दिने निशाले बताईन् । यो उदाहरण अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गको हो । वडा कार्यालयले चालु आर्थिक वर्षमा वडा अध्यक्ष शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत धातिवाङ्ग मावि, अमर आवि, सिता आवि, सुर्योदय आवि, कालिका आविबाट छनोट भएका ५० जना विद्यार्थीलाई शैक्षिक सामाग्री १ वटा झोला १ सेट ड्रेसको कपडा २० पिस कापी र ५ पिस डटपेन वितरण गरेको हो ।  

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ भन्छन् ‘स्थानिय सरकारको अनुभव यस वडाबाट भएको छ, शैक्षिक सामाग्री वितरण कार्यक्रमले विद्यार्थीहरुलाई टेवा पुग्नुका साथै स्थानिय सरकारको ध्यान शैक्षिक क्षेत्रको विकासमा पनि पुगेको छ, भन्ने उदाहरण हो ।’

विकासको मेरुदण्ड शिक्षा क्षेत्र पनि हो, शिक्षामा विकास गर्न सकेमात्रै समृद्ध वडा बनाउँन सकिन्छ, भनेर विद्यार्थी लक्षित कार्यक्रम गरिएको हो, वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले भने ‘हरेक क्षेत्रमा अव्वल र नमुना वडा बनाउँनुपर्छ।’

धातिवाङ्गमा रहेका ५ वटा विद्यालयहरुमा शैक्षिकसँगै भौतिक पुर्वाधारको कामहरु गरिरहेका छौँ, कार्यपालिकाको बैठकबाट निर्णय गरी धातिवाङ्ग माविमा ४ कोठे भवन र सुर्योदय आविमा २ कोठे भवन माग गरी निर्णय गरेर पठाई योजना पर्न सफल परेको हो, पौडेलले भने ‘उक्त कामहरु राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत सम्पन्न गरेका छौँ।’ वडामा हरेक क्षेत्रको विकासका लागि गाउँपालिकासँगै प्रदेश र संघमा पनि पहल गरेका छौँ । 

कार्यक्रममा कार्यपालिका सदस्य तारा पौडेल, वडा सदस्यहरु तारा पौडेल, पुनिकुमारी वि.क., खगेश्वर पौडेल र हरिप्रसाद पौडेल, वडा सचिव राजन महत्रा, नेपाली काग्रेंसका कावा सभापति लिलापति पौडेल, स्वास्थ्य चौकी धातिवाङ्गका प्रमुख मित्रदेव पौडेल, अम्मर आ.वि.का प्र.अ. हिमलाल पौडेल, सुर्योदय आ.वि. का प्र.अ. घनश्याम पौडेल, सिता आ.वि.का प्र.अ. राजबहादुर सारु, कालिका आ.वि.का प्र.अ. गोविन्द प्रसाद पौडेल, धातिवाङ्ग मा.वि.का शिक्षिका दुर्गा न्यौपाने पौडेल पाणिनि गाउँपालिका रोजगार संयोजक शालिकराम पाण्डे, वन प्राविधिक तिलक बन्जाडे लगायत विद्यार्थीहरु अभिभावक लगायतको उपस्थितिमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्