राष्ट्रिय प्रजातन्त्र पार्टी अर्घाखाँचीले गर्‍यो छत्रदेवको देउराली मा पार्टी कार्यालयको उद्घाटन

| २०७९ कार्तिक २४ गते २२: १२ मा प्रकाशित

                                                               तस्विर शौजन्य - रेखा कुँवर 

अर्घाखाँची। "हिन्दु राष्ट्र कायम गरौँ भ्रष्ट्रचारीलाई कारवाहि गरौँ "भन्ने मूल नारा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टीले अर्घाखाँचीको जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ७ देउराली मा शाखा पार्टी कार्यालयको आज एक कार्यक्रम बीच उद्घाटन गरेको छ। 

कार्यालय उद्घाटन कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी अर्घाखाँचीका जिल्ला अध्यक्ष दिपक कुँवर , निवर्तमान केन्द्रिय सदस्य देबि बहादुर खड्का गुल्मी जिल्ला सदस्य समानुपातिक तर्फका उम्मेवदार मेनुका खांड क्षेत्री र,प्रदेश सदस्य सुजन परियार ,रेशम जि.सि र जिल्ला प्रवक्ता बिनोद आचार्य ,राष्ट्रिय प्रजातन्त्र पार्टी  महिला संगठन की अध्यक्ष नेतृ रेखा कुवँर ,प्रदेश सभा सदस्य (क) का उम्मेवदार झबिन्द्र फुल्लेल ,समानुपातिक महिला सदस्य शुसिला राक्से मगर,जिल्ला युवा संगठन जिल्ला अध्यक्ष प्रमोद खनाल लगायत पार्टीका कार्यकर्ता र स्थानीयहरुको उपस्थिति रहेको थियो।

चुनाव प्रचार प्रसार अभियान तथा पार्टी कार्यालय उद्घाटन कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका लुम्बिनी प्रदेश सदस्य रेशम जिसी ,मेनुका खाँड झबिन्द्र फुल्लेल लगायतका नेताहरुले आफ्ना महत्वपूर्ण धाराणा मन्तव्यमा राखेका थिए। 

प्रतिक्रिया दिनुहोस्