"छत्रदेव परिवर्तनसिल युवा संजाल" को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

| २०८० जेठ १६ गते २१: ५५ मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची। "रक्तदान जिवन दान" भन्ने मुल नारा सहित "छत्रदेव परिवर्तनसिल युवा संजाल"को आयोजनामा हिंजो गणतन्त्र दिवसको अवसरमा  रक्तदान कार्यक्रम "ब्लड बैंकको कार्यालय बुटवलमा" ५० युनिट  ब्लड सङ्कलन गरि कार्यक्रम सम्पन्न भएको छ। 

 उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समितिका अध्यक्ष कृष्ण चौहान क्षेत्रीको उपस्थिति रहेको थियो भने  छत्रदेव परिवर्तनसिल युवा संजाल क्लबका अध्यक्ष नारायण पाण्डेको अध्यक्षतामा र सचीव केएल कृष्ण ,को संचालनमा साथै क्लबका सदस्य बिनोद पाण्डे को संयोजक ,कोषाध्यक्ष लक्सु पान्डेय  , मनोज पाण्डे  , नारायण पाण्डे लगायतका ब्याक्तित्व्हरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको थियो। 
 
कार्यक्रम निकै उत्साहजनक र सोंचे भन्दा धेरै राम्रो भएको क्लवले जनाएको छ, कार्यक्रम लाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण साथी भाई  दिदीबहिनी  ,रक्तदाता  एवम्  ब्लड बैंकको कार्यालय बुटवल रूपन्देही कार्यरत सम्पुर्ण  कर्मचारीको टिम लाई  छत्रदेव परिवर्तनसिल युवा संजाल क्लबले धन्यवाद ज्ञापन ब्याक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्