छत्रदेबमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृ'त्यु

| २०८० असोज २९ गते १७: १९ मा प्रकाशित

                                                          (फाइल तस्विर )

केशब पन्थी ,अर्घाखाँची। अर्घाखाँचीको छत्रदेब  गाउँपालिका वडा नम्बर ८ मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृ'त्यु भएको छ । 

हिंजो साँझ ६ बजेतिर भएको दुर्घटनामा परि पाणिनी गाउँपालिका घर भएका  सहचालक २० बर्षिय  थम्मन कुमालको मृत्यु भएको हो ।

बारी जोतेर फर्कदै गरेको  ट्याक्टर बारीको ढिक बाट २० मिटर तल खसेको इलाका प्रहरी कार्यालय खनका प्रहरी निरिक्षक इश्वरी अधिकारिले जानकारी दिनु भएको छ ।

 चालक सहित ३ जना सबार रहेको उक्त ट्याक्टरमा रहेका अर्का एक जना सामान्य उपचार पछि घर फर्किएका छन ।ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लीएको खबर प्राप्त भएको छ। 

प्रतिक्रिया दिनुहोस्