छत्रदेब मा अध्यक्षकप रनिङ सिल्ड भलिबल प्रतियोगिता - २०८० आज बाट शुरु

| २०८० कार्तिक १९ गते १८: ३३ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क।
कार्तिक १९-अर्घाखाँची जिल्लाको  छत्रदेब गाउँपालिकाअध्यक्षकप रनिङ सिल्ड भलिबल प्रतियोगिता छत्रदेब रंगशाला स्थित रातापोखरामा शुरु भएको छ।

जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिबनारायण कोइरालाको प्रमुख आतिथ्यतामा शुरु  उदघाटन खेलमा जिल्ला समन्वय उपप्रमुख लक्ष्मी शर्मा ज्ञावलि, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल , छत्रदेब गाउँपालिका उपाध्यक्ष मनि पन्थी , प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौर, सशस्त्र प्रहरी नायब उपरीक्षक भिमसेन बोहरा ,ईश्वरिबक्स  गुल्मका सहसेनानी गणेश शाह ,प्रमुख अनुसंधान अधिकृत ईश्वरि प्रसाद आचार्य ,प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरे , पालिका स्थित राजनैतिकदलका प्रमुख तथा प्रतिनिधिहरु , जिल्ला खेलकुद समितिका अध्यक्ष बिष्णु क्षेत्री ,जिल्ला भलिबल संघका अध्यक्ष प्रेमप्रकाश पान्डे , पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल पालिका स्थित आठ वटै वडाका वडा अध्यक्षहरु कार्यपालिका सदस्यहरु जिल्लामा क्रियाशिल संचारकर्मिहरु लगायतको उपस्थित रहेको थियो ।

तिनदिन सम्म संचालन हुने  भलिबल प्रतियोगीतामा आठ वटै वडाबाट आठवटा टिम सहभागी हुने भएका छन् ।

कार्यक्रम छत्रदेब गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेको स्वागत मन्तव्य तथा स्वास्थ शाखा प्रमुख बुद्धि न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्