छत्रदेव चारमा अङ्ग्रेजी शिक्षक नहुँदा विद्यार्थी द्वारा विद्यालयमा तालाबन्दी

| २०८० मंसिर १२ गते २२: ०२ मा प्रकाशित

असलम अलि, अर्घाखाँची।अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ४ मा रहेकोे महेन्द्र विद्याबोध माध्यमिक विद्यालयको कार्यालयमा विद्यार्थीले ताला लगाइ दिएका छ्न ।

अङ्ग्रेजी शिक्षक नहुदा उक्त विद्यालयमा बिगत २ महिना देखि अङ्ग्रेजी विषयको पढाइ नभएको विद्यार्थी ले बताएका हुन । व्यवस्थापन समिति अध्यक्ष पितम्बर खनाल लाई पटकपटक भन्दा चासो नदिएको विद्यार्थीको गुनासो रहेको छ । दुई महिना अघि छ्त्रदेव गाउँपालिका कार्यलयमा ज्ञापन पत्र बुझाए पनि अहिले सम्म कुनै चासो नदिएको विद्यार्थीले गुनासो गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्