खर काट्ने क्रममा चिप्लिएर लड्दा अर्घाखाँचीमा एक जनाको मृ'त्यु

| २०८० मंसिर १४ गते १९: ३० मा प्रकाशित

पूजा केसी ,अर्घाखाँची। जिल्लाको छत्रदेव गाउँपालिकामा भिर बाट लड्दा एक ब्याक्तिको मृ'त्यु भएको छ। 

मृत्यु हुनेमा छत्रदेव गाउँपालिका वडा नम्बर ८ काफलडांडा निवासी ४८ बर्षिय पदम बिक रहेको प्रहरी चौकी अर्घातोषले जानकारी दिएको छ। 

बि.क को आज साँझ करिब ४ :३० बजेको समयमा आफ्नै ख¥र्यानबारीमा खर काट्ने क्रममा अचानक चिप्लिन पुग्दा अनुहार र टाउकोमा चोट लागि गम्भीर घाईते भएका निजलाई थप उपचारको लागी जिल्ला अस्पताल गुल्मी तम्घास पठाईएको थियो बिडम्बना पदम बि.कको चेकजांच पछि डाक्टरले मृत घोषणा गरिदिएका छन्। 

पदक बिक झन्डै  ख¥र्यानबारी बाट ७० मिटर तल खस्न पुगेका थिए। 

मृतक बिकको शवलाई जिल्ला अस्पताल गुल्मीमै राखिएको प्र.नि इश्वरी अधिकारि ,र प्र. स. ह. बिनोध चौधरीले जानकारी दिनु भएको छ।   

प्रतिक्रिया दिनुहोस्