छत्रदेव गाउँपालिका ६ मा एकीकृत घुम्ती शिविर सञ्चालन, १२५ जनाबढीले लिए सेवा

| २०८० मंसिर २६ गते २१: ३० मा प्रकाशित

कमला घिमिरे अर्घाखाँची। अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं. ६ मा एकीकृत घुम्ती शिविर कार्यक्रम सम्पन्न गरिएको छ । छत्रदेव गाउँपालिकाको आयोजनामा सोमबार वडा नं. ६ को कार्यालय ठुलापोखरामा एकीकृत घुम्ती शिविर कार्यक्रम गरिएको हो ।

वडाबासीलाई कृषि तथा पशु सेवा, राजश्व संकलन, योजना सम्झौता, ज्येष्ठ नागरिक परिचय पत्र वितरण, व्यवसाय दर्ता तथा नविकरण सेवा र परामर्श सेवा लगायतका सेवाहरु प्रदान गर्न शिविर सञ्चालन गरिएको वडाध्यक्ष कमल पौडेलले जानकारी दिए ।

ठुलापोखरामा एकीकृत घुम्ती शिविर कार्यक्रम 

एकीकृत घुम्ती शिविरमार्फत ठुलापोखराका १२५ जना बढी सेवा लिएको वडाध्यक्ष पौडेलले बताए । उनले गाउँपालिकाबाट हुने कामहरु वडाबाट नै सञ्चालन गर्दा स्थानीयहरुले सहज महशुस गरेको जिकिर गरे ।

छत्रदेव गाउँपालिकाले छत्रदेवका ८ वटै वडाहरुमा एकीकृत घुम्ती शिविर सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्