मनकारिको सम्म्मानमा कमि हुन दिन्नौ : अध्यक्ष पौडेल

| २०८० माघ १२ गते १४: २० मा प्रकाशित

कमला घिमिरे पाणिनी। छत्रदेव गाउँपालिका वडा न. ६ का अध्यक्ष कमल पौडेलले मनकारिको सम्म्मानमा कमि हुन नदिने बताएका छन। हिजो छत्रदेव -६ ठूलपोखरा, चौवा स्थित श्री सरस्वती आधारभूत बिद्यालयमा अध्यन गर्ने सबै बाल- बालिकाहरुका लागि बिद्यालय पोशाक तथा न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले सहयोग गर्ने सबैलाइ जति सम्मान गरेपनी अपुर्ण हुने बताएका हुन । 

पौडेलले आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दै बिद्यार्थीहरुको शैक्षिक उन्नयनका लागि पोशाक तथा न्यानो कपडा वितरणमा योगदान दिने सम्पुर्णमा धन्यवाद समेत ब्याक्त गरेका थिए । 

हिजो एक कार्यक्रमका बिच छत्रदेव -६ ठूलपोखरा, चौवा स्थित सरस्वती आधारभूत बिद्यालयमा बिद्यार्थीहरुलाई न्यानो कपडा तथा पोशाक वितरण गरिएको थियो ।

विद्यालयका करिब १२० जना विद्यार्थीहरूका लागि ठूलापोखरा रूपन्देही महिला बचत समुहले न्यानो कपडा (स्वेटर) वितरण गरेको हो । विद्यालय पोशाक वितरणका लागि यसै वडामा स्थायी जन्मभूमि भई रोजगारीका सिलसिलामा कतारमा रहेका यूवाहरु कृष्ण प्रसाद पन्थीले २० हजार, बलराम पन्थीले ३५ हजार, रामप्रसाद पौडेल ३५हजार ,कृष्ण पौडेल (टोमलाल)२० हजार र हुमलाल पन्थीले ३ हजार नगद सहयोग उपलब्ध गराएका थिए ।

बिद्यालय व्यावस्थापन समितीका अध्यक्ष गणेश पन्थी (रामु)को विशेष पहलमा उक्त सहयोग उपलब्ध भएको हो ।कार्यक्रममा महिला बचत समूहका अध्यक्षता लक्ष्मी पान्डेले र   कार्यक्रमको सन्चालन समूहका सचीव सरस्वती पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्