छत्रदेव ४ मा आगलागी हुँदा २ घर ३ गोठ जलेर नष्ट र केहि भैंसी घाइते

| २०८१ बैशाख १९ गते १९: ३० मा प्रकाशित

पूजा केसि,अर्घाखाँची ।अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका  वडा नं ४ स्थित रिठ्ठारुख फसिनडाँडामा जङ्गल बाट आएको आगोले २ घर ३ गोठ र साथै खाघान्न र लत्ताकपडा समेत जलेर पूर्ण रुपमा नष्ट भएकाे छ।

छत्रदेव गाउँपालिका वडा न ४ रिठ्ठारुख फसिनडाँडा निवासि धना भुसाल र आत्मराम पाण्डे काे २ घर र ३ गाेठ जलेर पुर्ण रुपमा क्षति भएको छ! आगलागी बाट घरमा रहेको सम्पुर्ण सामान जलेर नष्ट हुनुका साथै १वटा भैंसी समेत घाइते भएकाे त्यहाँका स्थानीय रामु खनाल ले अर्घाखाँची बुलेटिनलाइ जानकारी दिएका छन।

प्रहरी, स्थानीय जनसमुदाय , जनप्रतिनिधि र ट्याङकर  लगायत सबैको सहयोगमा अहिले आगो नियन्त्रणमा आएको छ।

प्रतिक्रिया दिनुहोस्