अर्घाखाँचीका रायमाझी परिवारको नक्क्ले भिनाजु ५ " नकचरो भेना " (भिडियो सहित)

| २०७८ सावन २८ गते १६: ४४ मा प्रकाशित

हरि कुँवर,अर्घाखाँची।लोक दोहोरी क्षेत्रमा लामो समयदेखि निरन्तर कडा मेहनत गरेर आफूलाई स्थापित गराएका अर्घाखाँचीका गायक विशाल रायमाझीले नक्कले भिनाजु ५ - "नकचरो भेना" को म्युजिक भिडियो  सार्वजनिक गरेका छन् । 

रायमाझी परिवार ले यसभन्दा पहिले पुर्वे धरान,  नक्कले भिनाजु खै त मलाई जाले रुमाल बाट दर्शक श्रोताहरू को अत्यधिक मन जित्न सफल भएका थिए ।  नक्क्ले भिनाजु एक दुई तीन क्रमश पाँच ले पनि दर्शकहरु को मन जित्न सफल भएको छ । साली भेना को भूमिकालाई हास्यव्यङ्ग्यको रूपमा प्रस्तुत गरिएको छ। 

कमल सौरागले एरेन्ज गरेको नक्कले भिनाजु ५ - "नकचरो भेना " म्युजिक भिडियोमा हरिमाया, बिशाल र सर्मिला रायमाझीको स्वर रहेको छ भने शब्द विशाल रायमाझीको रहेको छ । यस गीतमा एलिना रायमाझी र अल्फा शाह लगायतका कलाकारको दमदार अभिनय देख्न सकिन्छ ।  प्रकाश खड्काले छायांकन गरेको म्युजिक भिडियो निर्देशन तथा सम्पादन राजकुमार मगरले गरेका थिए । विशाल रायमाझीले आफ्नो युटुव च्यानल बाट सार्वजनिक गरेका हुन । 

 भिडियो - 

प्रतिक्रिया दिनुहोस्