लोक तथा दोहोरी गायक विष्णु बरालको तीज गीत "नाची देउ सबैको मेख मारी" बजारमा सार्वजनिक(भिडियो सहित)

| २०७८ भदौ १ गते १६: २७ मा प्रकाशित

माधव पौडेल,अर्घाखाँची।यतिबेला नेपाली गीत संगीतको बजारमा तीज गीतहरु धमाधम आइरहेका छन्।लोक प्रियताको हिसाबले कति गीत चर्चित छन् त कति गीतहरु ओझेलमा पनि छन्। त्यसैगरी गुल्मी जिल्लाको मुसिकोट नगरपालिका १ बिसाउनामा जन्मिएका लोक तथा दोहोरी गायक विष्णु बरालको  कोसेली "नाची देउ सबैको मेख मारी" बोलको तीज गीत सार्वजनिक भएको छ।

लोक तथा दोहोरी गायक विष्णु बरालको लय/ शब्द सिर्जना ,विष्णु बराल, विष्णु शेर्पाली, खिमा बिसि र सुवास बिसिको सुमधुर आवाज रहेको यस गीतमा विष्णु बरालकै निर्देशन, योग ठकुरीको छायांकन तथा सम्पादन त्यसैगरी निर्मला जिएम, जोगिन्दर कौशल,शिशिर परियार , सीता कुमाखी लगायतको अभिनय देख्न सक्नुहुनेछ।

गीत आज बिहान नेपाली आँगनको आधिकारिक युटुब च्यानल मार्फत सार्वजनिक भएको हो।जसलाई हेर्नको लागि तल दिएको लिन्क ओपन गर्नुहोला।

पूरा भिडियो

प्रतिक्रिया दिनुहोस्