गायक बिशाल रायमाझी र प्रतीक्षा वाग्ले को स्वरमा सजिएको तीज कोसेली "संगिनी "सार्वजनिक(भिडियो सहित)

| २०७८ भदौ ६ गते १७: १९ मा प्रकाशित

हरि कुँवर , अर्घाखाँची । महिलाहरु को महान पर्व हरितालीका "तीज" नजिकै गर्दा लोक दोहोरी क्षेत्रमा एक पछि अर्को प्रतिस्पर्धा भएको देख्न सकिन्छ । लामो समयदेखि निरन्तर कडा मेहनत गरेर आफूलाई स्थापित गराएका अर्घाखाँचीका रायमाझी परिवार ले अर्को तीज कोसेली  " संगिनी " को  म्युजिक भिडियो  सार्वजनिक गरेका छन् । 

रायमाझी परिवार ले यसभन्दा पहिले पुर्वे धरान, नक्क्ले भिनाजु एक दुई तीन क्रमश पाँच ले पनि दर्शकहरु को मन जित्न सफल भएको थियो।  तीज कोसेली " संगिनी " को  म्युजिक भिडियोमा बिसाल रायमाझी र प्रतीक्षा वाग्ले को स्वरमा सजिएको छ भने  बिशाल रायमाझीले शब्द सजाएका हुन । 

महेन्द्र भणडारी ले एरेन्ज गरेको  तीज कोसेली "संगिनी  " गीतको  म्युजिक भिडियोमा एक महिना देखि दर खाने, विभिन्न गहना, कपडा र श्रृंगार पहिरन गर्ने जस्तो सुकै अवस्था आए पनि तीज गीतका भाकामा नाच्नेर रमाइलो गर्नु पर्ने देखाइएको छ ।  विशाल रायमाझी ले आफ्नो युटुव च्यानल बाट सार्वजनिक गरेका छन ।

स्टुडियो मारुनी ले ल्याएको गीत राजकुमार मगर ले छायांकन तथा सम्पादन गरेका हुन ।  गीतमा कोरियोग्रफर अमर सुनार , क्यामेरा महेश महरा र मेकप मोहन लामाले  गरेका थिए । मोडल तथा कलाकार एलिना रायमाझी , अल्फा शाह , कुसाल अधिकारी र पुजन घिमिरे लगाएत को दमदार अभिनय देख्न सकिन्छ ।

भिडियो :

प्रतिक्रिया दिनुहोस्