सावित्री गिरीको तीज कोसेली "हे दाजै "सार्वजनिक (भिडियो सहित)

| २०७८ भदौ ८ गते १९: ४४ मा प्रकाशित

हरि कुँवर, काठमाडौं । महिलाहरु को महान पर्व हरितालीका "तीज" नजिकै गर्दा लोक दोहोरी क्षेत्रमा एक पछि अर्को प्रतिस्पर्धा भएको देख्न सकिन्छ । प्रवासमा लामो समयदेखि कला क्षेत्रमा निरन्तर कडा मेहनत गरेर आफूलाई स्थापित गराएकि पोखरा ३२ राजाको चौतारा कि सावित्री गिरीले तीज कोसेली " हे दाजै " को  म्युजिक भिडियो  सार्वजनिक गरेकि छन् । 

सावित्री गिरि ले लोक दोहोरी एल्बम अल्झिए नजर, भयो जे हुनु, मेलैमा सरर दोहोरी खेलैमा, सेतै फुल्यो कास, मकै खायो घुनले बजारमा, काठमाडौ जादा , चौबन्दीचोली, छाता ओझेल पारी , छमछ्म नचनी हो , पढ्न लेख्न नजानेनी इङ्लिस सिक्न जानी हो ,सेतीबाढी  ,भुकम्प छन् छन् काचको चुरा आदि गीतहरु सार्वजनिक गरेकि थिइन ।

 प्रवास बसाईलाई बिटमार्दै बिगत डेड बर्ष  अघि नेपाल फर्केकी गिरीले  कोभिडको कहरको बाबजुद पनि सांगीतिक यात्रालाई निरंतरता दिएकी हुन । आधुनिक गीत :सिसा होस् या दिल , घामले पोल्यो साहित्यिक कृति मनको छाल" गजल सङ्ग्रह  गत साउन ९ गते गुरु पुर्णिामाको दिन बिमोचन समेत गरेकि छन् ।

तीज कोसेली " हे दाजै " को  म्युजिक भिडियोमा सावित्री गिरीको शब्द लय कृष्ण पुनको एरेन्जिङ , कर्स भोकल बिजय  बुढाको छ भने अडियो रेकर्डिङ म्युजिक बैकले गरेको थियो ।

म्युजिक भिडियोमा गणेश सापकोटाको छायांकन  , निर्देशन होम गुरुङ संपादन सुवास अम्गाई  फलानो कृयशनन प्रालि पोखरा,कोरियोग्राफर सबिन गुरुङ, निर्माण सम्योजक महेन्द्र कुमार गिरीको रहेको छ । सरिना गिरी र दिलिप गिरिको मुख्य भुमिका रहेको यश गीतमा लक्छिमी गिरी,हरिहर गिरी सुर्य गिरी,सागर गिरी बिस्नु गिरी, दिया गिरी स्नेहा गिरी,अनिसा गिरी र उषा अधिकारीले पनि नृत्य र अभिनय गरेका छन् ।

भिडियो : 

प्रतिक्रिया दिनुहोस्