मालारानी गाउँपालिकाको गाउँसभाको १५ औँ अधिबेशनको दोस्रो बैठक सम्पन्न

| २०८० असार १० गते २१: ५१ मा प्रकाशित

बिनोद खड्का,मालारानी। मालारानी गाउँपालिकाको गाउँसभाको १५ औं अधिबेशनको दोस्रो बैठक सम्पन्न भएको छ ।

 बैठकमा आगामी आ.व. २०८०/८१ को आर्थिक विधेयक, विनियोजन विधेयक र वार्षिक बजेट तथा कार्यक्रम पेश भएको सभा सचिब तथा मालारानी गाउँपालीकाका प्रमुख प्रशासकिय अधिकृत सुरेश भुसालले जानकारी दिनुभयो ।  बैठकको रुलिङ सभाध्यक्ष एवं पालीकाअध्यक्ष दलबहादुर भट्टराईले  गर्नुभएको थियोे ।

पारित भएको निति कार्यक्रम अनुसार मालारानी गाउँपालिकाको आगामि आर्थिक बर्ष २०८०/ ०८१ कोलागी चालुतर्फ ४८ करोड ९४ लाख ३ हजार ९ सय २४ र पुँजीगत खर्चतर्फ १५ करोड ३१ लाख ४६ हजार ७ सय ६४ गरी कुल ६४ करोड २५ लाख ५० हजार ६ सय ८८ रुपैया बराबरको बजेट प्रस्तुत गरीएको हो  । गाउँसभाको दोस्रो बैठकमा पालिका उपाध्यक्ष दिपा पोख्रेलले बिनियोजन बिधेयक २०८० मार्फत उक्त बजेट प्रस्तुत गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्