अर्घाखाँचीबुलेटिन डट्कम का सह - सम्पादक रबि पोख्रेललाई पितृ शोक

| २०८० भदौ ९ गते २१: २१ मा प्रकाशित

कमला ,घिमिरे ,सन्धिखर्क। अर्घाखाँचीबुलेटिन डट्कम का सह - सम्पादक रबि पोख्रेललाई पितृ शोक परेको छ। 

मालारानी मालारानि गाउँपालिका वडा नं ४ उपल्ला बडा चौर निवासी पूर्ण बहादुर पोख्रेल को ६६ बर्षको उमेरमा २०८० भदौ ८ गते शुक्रवारको दिन आफ्नै निवासमा दु:खद निधन भएको हो। 

संचारकर्मी पोख्रेलकी ममतामय आमाको ७ महिना अघि मात्र निधन भएको थियो। 

दिबंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण हार्दिक श्रद्वान्जली अर्पण गर्दछौं साथै दु:खको यस घडीमा शोक सन्तप्त परिवारजन ,इष्टमित्र ,तथा शुभचिन्तक प्रति गहिरो साहनुभुति प्रकट गर्दै सुपादेउराली माताले धैर्य धारणा गर्ने शक्ति प्रदान गरुन भनि अर्घाखाँचीबुलेटिन परिवार हार्दिक समवेदना ब्याक्त गर्दछौं। 

प्रतिक्रिया दिनुहोस्