अर्घाखाँचीमा चट्याङ लागेर एकको मृ'त्यु : चार घाइते

| २०८० भदौ १८ गते १८: २३ मा प्रकाशित

राधा नेपाली,सन्धिखर्क।
भदौ १८ गते -  अर्घाखाँचीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । मालारानी गाउँपालिका–९ लादेपोखरी सेपानेबाट गोखुङ्गा देउराली बजार गई फर्किने क्रममा हावाहुरीसहित चट्याङ पर्दा मीलन खनालको मृत्यु भएको हो । उहाँको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विक्रम रिजालका अनुसार सेपानेका दामोदर खनाल, जेमबहादुर पुन, चन्द्रबहादुर पुन र लीलबहादुर पुनको अवस्था गम्भीर रहेको छ । घाइतेको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ ।

घटनास्थलमा प्रहरी सहायक निरीक्षक सूर्यबहादुर विकको नेतृत्वमा चार जना प्रहरी खटाइएको छ । सो स्थानमा सोमबार दिउँसो करिब ३ बजे हावाहुरीसहित चट्याङ परेको थियो ।

प्रतिक्रिया दिनुहोस्