अर्घाखाँचीमा चट्याङमा परि ज्यान गुमाएका युवकको परिवारलाई राहत

| २०८० भदौ २१ गते ००: ५० मा प्रकाशित

अशोक खनाल,सन्धिखर्क। अर्घाखाँचीमा चट्याङमा परि ज्यान गुमाएका युवकको परिवारले राहत पाएका छन् ।

सोमबार जिल्लाको मालारानी गाउँपालिका वडा न. ९ को सेपानिमा चट्याङमा परि ज्यान गुमाएका २० वर्षिय मिलन खनालको परिवारलाई जिल्ला प्रशासन कार्यालयले बुधबार राहत उपलब्ध गराएको हो ।

जिल्लाका प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले मृतकका बुवा हिमलाल खना लाई उनकै घरमा पुगि राहत रकम रकम हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका लेखापाल ओम प्रकाश श्रेष्ठ, स्थानीय वडा अध्यक्ष महेन्द्र बाबु खनालm स्थानीय समाजवी चन्दमणि खनाल लगाएतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्