स्मार्ट युवा क्लब मालारानीले तीज मिलन कार्यक्रम गर्ने

| २०८० भदौ २९ गते १६: ३४ मा प्रकाशित

पुजा कुँवर ,बाँगी। नारीहरुको महान चाड हरितालीका तिजको अवसरमा अर्घाखाचीँ जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ०२ मा रहेको स्मार्ट युवा क्लबले तीज मिलन कार्यक्रम गर्ने भएको छ । क्लबले यहि असोज १ गते सोमबार हरितालिका तिजकै दिन पारी डाडाँकटेरी बजारमा तीज मिलन कार्यक्रमको आयोजना गरेको हो ।

“मौलिक लोक संस्कृति हाम्रो पहिचान यसको संरक्षण हाम्रो अभियान ” भन्ने मूल नाराका साथ हिन्दु महिलाको महानपर्व हरितालिका तिज २०८० को उपलक्ष्यमा क्लबले  तीज मिलन कार्यक्रम गर्ने भएको हो ।

नारीहरुको महान् पर्व हरितालिका तीज हराउँदै गएको र नेपाली कला, संस्कृति , भााषा, रितिरिवाज , परम्परालाई जोगाइ राख्न कला संस्कृति लाई संरक्षण गर्दै वषौं देखि गर्दै आएको यस कार्यक्रमलाई थप निरन्तरता दिन यस वर्ष पनि तीज मिलन कार्यक्रम गरिएको क्लबका सदस्य तथा कार्यक्रम संयोजक राजु नेपालीले जानकारी दिए ।

कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन कार्यक्रमको तयारी तिव्र पारिएको आयोजक समितिले जनाएको छ ।

क्लबले यहि भाद्र २३ गते सनिबार डाडाँकटेरी बजारमा खुल्ला तिज गित प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्