कम्युनिस्ट पार्टीलाई ध्वस्त पार्न अध्यादेश ल्याइयो : नेता टोपबहादुर रायमाझी

| २०७८ भदौ २ गते २३: ४६ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश कम्युनिस्ट पार्टीलाई फुटाउनका लागि ल्याइएको बताएका छन् । 

बुधबार संवाद डबलीमा आयोजित ‘कम्युनिस्टहरूबीचको ध्रुवीकरण आवश्यक्ता र चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले सरकारले ल्याएको राजनीति दलसम्बन्धी अध्यादेश कम्युनिस्ट पार्टीलाई फुटाउनका लागि ल्याइएको दाबी गरेका हुन् । नेता रायमाझीले अध्यादेश देशका सबै पार्टीलाई फुटाउने गरेर ल्याइएको बताए ।

उनले राजनीतिक दलका ठूला नेताहरू पार्टी विभाजन सम्बन्धी विधेयकको मतियार बनेको आरोपसमेत लगाए ।

“अहिले हामीले देखिरहेका छौँ कि, अध्यादेश संसद्मा वा पार्टीमा २० प्रतिशत केन्द्रीय समिति सदस्य भए सब पार्टी फुटाउन पाउने । यो त्यसैको निरन्तरता हो, देशका सबै पार्टी, कम्युनिस्ट पार्टीलाई फुटाउने, कम्युनिस्ट पार्टीलाई ध्वस्त पार्ने हाम्रो देशका राजनीतिक पार्टीका नेताहरू त्यसमा मतियार छन्,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्