युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो B2B Connect २०२४

| २०८१ बैशाख १४ गते १८: ०० मा प्रकाशित

बुटवल, बैशाख ।  युवा उद्यमी मञ्च  रुपन्देहीको आयोजानमा शनिवार (भोली) B2B Connect २०२४  हुने भएको छ । नेपालमै पहिलो पटक  नेपाली युवा उद्यमी मञ्च  रुपन्देहीले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको टाईगर प्यालेस रिर्सोटमा आयोजना हुन लागेको कार्यक्रममा युवा उद्यमी मञ्चका   विभिन शाखाका प्रमुख तथा  सदस्यहरुको सहभागीता  हुने छ । 

 चितवन, पोखरा, ललितपुर, नेपालगञ्ज, रुपन्देही लगायतका जिल्लाबाट युवा उद्यमी मञ्चका सबै सदस्य तथा प्रतिनिधीहरुको सहभागीता हुने आयोजक संस्था युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष सन्देश श्रेष्ठले जानकारी दिए । B2B Connect २०२४ को तयारी सबै पुरा भएको अध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।

कार्यक्रममा  नेशनल गर्भिनिङ्ग काउन्सीलका एक्जुकेटिभ मेम्बर पवित्र गौतमले सहजीकरण गर्ने छन् । यस्तै  मुख्य वक्ताको रुपमा  मान्सी अग्रवाल रहेकी छिन् ।  उनीहरुले उद्यमशील नेटवर्किङ सम्बन्धि तालिम प्रदान गर्ने तथा B2B सत्र हुने जनाइएको छ ।

युवा उद्यमी मञ्च रुपन्देहीले विगत लामोसमय देखि युवा उद्यमीहरुको पक्षमा विभिन्न काम गर्दै आएको छ । यो भन्दा पहिला  युवा उद्यमशिलता विकासको लागि समेत  उत्प्रेणात्मक कार्यक्रम गर्दै आएको थियो ।  यसको अलवा मञ्चले मोबाईल मेला, जुत्ता मेला , युवा उद्ध्यमी सम्मेलन, युवा उदयामशील Bootcamp,नेपाल उत्पादीत बस्तुको मेला (मेडईन नेपाल) समेत आयोजना गर्दै आएको छ ।  यस्तै अन्तर उत्प्रेणात्मक कार्यक्रम समेत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्