एमसीसी विरुद्ध विप्लवको काठमाडौंमा शक्ति प्रदर्शन

| २०७८ भदौ २८ गते १८: ४३ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले एमसीसी विरुद्ध काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । हजारौं सङ्ख्यामा काठमाडौंको लैनचौर,बबरमहल, टेकु, त्रिपुरेश्वर लगायत आधा दर्जन ठाउबाट सुरु भएको जुलुस खुल्लमञ्चको विरोध सभामा पुगेर सकेको थियो ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ( एमसीसी) सम्झौताको विरोधमा विप्लव लगायत अन्य राजनीतिक दलका नेता कार्यकर्ताहरु सडकमा आएको हो ।

माइतीघरबाट सुरु भएको जुलुसमा महासचिव नेत्रविक्रम चन्द(विप्लव), नेताहरू खड्ग बहादुर विश्वकर्मा, हेमन्तप्रकाश वली लगायतका नेताहरू सहभागी थिए।

सडक र विद्युत प्रशारण लाइन निर्माणका लागि अमेरिकाले ५०० मिलिनियम डलर अनुदानमा दिन सरकार संग भएको सम्झौता गलत मानसिकताले भएको र यसले ठुलो राष्ट्रघात हुने ठहर गर्दै विभिन्न राजनीतिक दल र समूहले निरन्तर विरोध प्रदर्शन गर्दै आएका छन ।

कार्यक्रममा विप्लवले सम्बोधनको क्रममा पानी पर्न थालेपछि “देशको आकाशमा कालो बादल मडारिएको बेलामा साम्राज्यवादी विरुद्ध लड्न तयार भएका मानिसहरु यस्ता पानी सहजै पचाइनदिन्छौँ” भन्दै सहभागी समुदायलाई उत्प्रेरित गरेका थिए ।

उनले एमसीसी सम्झौता नेपालको स्वाधीनता र सार्वभौमिकताको विरोधमा भएकोले यसलाई कुनै हालतमा लागू हुन नदिने बताए । अमेरिकाले जुन देशबाट आफ्नो राष्ट्रिय सुरक्षामा चुनौती हुन्छ, त्यहाँ एमसीसी लागू गर्ने गरेको र नेपालमा लप्सीफेदीदेखि सुगौलीसम्म बनाइने विद्युतका टावरको सुरक्षा खतराको नाममा अमेरिका फौजी नेपाल आउने खतरा देखिएको बताए ।

कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले एमसीसी पास भए नेपाल शक्ति केन्द्रको रणभूमि बन्ने खतरा भएकोले देशलाई सिरिया बन्न नदिन एमसीसीको विरोध गर्नुपर्ने धारणा राखेका थिए ।

साथै उनले नेपालमा अमेरिका आएर चीनविरुद्ध गतिविधि गर्दा नेपालको अस्तित्व मेट्ने दाबी गरे । चिनिया राष्ट्रपति सि नेपाल भ्रमणको बेला आफ्नो देश विरुद्ध गतिविधि गर्नेको हड्डी भाँचिदिने चेतवानी दिएकाले यस विषयमा सझक रहनुपर्ने धारणा राखेका थिए ।

त्यसैगरी नेकपा मालेका महासचिव सिपी मैनालीले अमेरिकाले चिनलाई प्रतिवाद गर्नको लागि नेपालमा एमसीसी ल्याएको बताए । “चीनको विश्वशक्ति बन्ने प्रयास अमेरिकालाई मन नपरेको र त्यसलाई प्रतिवाद गर्नको लागि नेपालमा एमसीसीको झ्याउलो ल्याएको हो” मैनाली बताए ।

कार्यक्रममा नेपालका लागि नेपाली अभियानका अभियान्त एवम् अधिवक्त डाक्टर सुरेन्द्र भण्डारीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई पृथ्वीनारायण शाहको तस्बिर उपहार दिएका थिए । भण्डारीले मन्तव्य राख्दै नेपालको निर्माता पृथ्वीनारायण शाह भएको भन्दै शाहको तस्बिर उपहार दिएका थिए ।source- ujyalonetwork

प्रतिक्रिया दिनुहोस्