गुल्मीमा ह'त्या गरेकाे आराेपमा दुई जना पक्राउ

| २०७८ भदौ २९ गते १७: ४८ मा प्रकाशित

गुल्मी। गुल्मीको रुपाकोट गाउँमा केही दिन अघि भएको ह त्याको एक घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्लाको चन्द्रकोट गाउँपालिका-७ बतासे बस्ने ४८ वर्षीय शिवबहादुर पुलामीको गत बिहीबार कुटपिट बाट हत्या भएको थियो। कुटपिट भएको सूचना पाएपछि मजुवा प्रहरी चौकीबाट प्रहरी टोली घटना स्थल पुगेको थियो।

कुटपिट पछि घाइते भएका शिवबहादुरलाई उपचारका लागि मजुवा ल्याइएकोमा उनको मृत्यु भएको थियो। उनलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले २७ वर्षीय हिमबहादुर पुलामी र सत्यवती गाउँपालिका-३ बस्ने २१ वर्षीय हिमाल राहडीलाई प्रहरीले पक्राउ गरेको हो।कुटपिटमा संलग्नहरुलाई आइतबार साँझ पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए।

स्थानीय वासिन्दा रेशम भण्डारीका अनुसार कुटपिट गर्ने पुलामी मृतकका आफ्नै भतिजा हुन् भने राहडी उनका साढुभाइ हुन्। एसपी भट्टराईका अनुसार भदौ २३ गते पनि आरोपित दुई जना र मृतक शिवबहादुरबीच विवाद भएको थियो। २४ गते पनि उनीहरुबीच विवाद बढेर कुटपिट भएको उनले जनाए।


घटनाको थप अनुसन्धान भै रहेकाे जिल्ला  प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्