मानव सेवा आश्रममा नि:शुल्क स्वास्थ्य शिविर

| २०७८ असोज ५ गते १९: २८ मा प्रकाशित

माधव  पौडेल। भक्तपुर कौशलटार अवस्थित मानव सेवा आश्रममा हिजो संविधान दिवसका दिन टिम नेपो, प्रधान परिवार परोपकार र आयुर्वेद क्याम्पस र शिक्षण अस्पताल, कीर्तिपुरको आयोजना तथा नेपाल आयुर्वेद विद्यार्थी समाज र आयुर्वेद चिकित्सा विकास तथा अनुसन्धान प्रतिष्ठानको सहयोगमा आइतबार एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो।

टिम नेपो विगत केहि दशक यता स्वास्थ्य क्षेत्रलाई आफ्नो प्रमुख कार्यक्षेत्र बनाई स्वास्थ्य सम्बन्धि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको एक गैर नाफामुखि युवाहरुको संस्था हो । त्यहि स्वरुप कोभिड महामारीलाई मध्यनजर गर्दै यस महामारीको समयमा सबैभन्दा जोखिममा रहेको उमेर समूह वृद्धवृद्धा लाई लक्षित गरि काठमाडौँका अधिकांश वृद्धाआश्रमहरुमा जेष्ठनागरिक नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको छ । शिविर मुख्यतय ज्येष्ठ नागरिकहरुका निम्ति संचालन गरिएता पनि अन्य विभिन्न उमेर समुहका व्यक्तिहरुले पनि स्वास्थ्य सेवा लिनु भएको कुरा संस्थाकी एक स्वयमसेविका सृष्टि पौडेलले बताइन। 

एक प्रेस विज्ञप्तिका अनुसार, टीम नेपो द्वारा उपत्यकामा तेस्रो पटक आयोजित जेष्ठ नागरिक शिविर, आयुर्वेद क्याम्पस र शिक्षण अस्पतालका प्रमुख  डा. शिवमंगल प्रसाद तथा टिम नेपोका अध्यक्ष डा. निगम पौडेल द्वारा  उद्घाटन गरिएको थियो। शिविर उद्घाटनको क्रममा मुख्य अतिथि डा. प्रसादले भने, 'विशेष गरी कोभिडको समयमा वृद्ध आमाबुवाको हेरचाह एक महत्वपूर्ण विषय भएकाले पनि वृद्धाआश्रमहरुमा यस्ता शिविरहरु आयोजना गर्नु अति आवश्यक छ। यो महामारिको अवस्थामा हरेक लक्षणहरुको निगरानी, धेरै भन्दा धेरै नागरिकहरु लाई खोप लगाउने, उच्च जोखिममा रहेका उमेर समूहलाई प्राथमिकता, नेपाल सरकारले आफ्ना स्वास्थ्य संस्थाहरुले प्रदान गर्ने स्वास्थ्य सेवाहरुलाई प्रभावकारी बनाउने र आवश्यक ठाउहरुमा यस्ता शिविर संचालन गरि चिकित्सकिय तथा मनोवैज्ञानिक परामर्श प्रदान गरिनुले कोविड को प्रभावलाई कम गर्न र भविष्य को फैलावट लाई पनि रोक्न यसले पक्कै महत्त्वपूर्ण भुमिका खेल्नेछ । पछिल्ला  केहि महिनादेखि मेरा विद्यार्थीहरुको सक्रियता र प्रयासले उपत्यकामा अवस्थित वृद्धाआश्रमहरुमा यस्ता शिविरहरु संचालनगर्न सम्भवभएकोमा म गौरावाम्न्भित छु।‘

अध्यक्ष डा. पौडेलले आफ्नो मन्तब्य राख्दै भने, 'हामी आज यहाँ ज्येष्ठ नागरिकहरु तथा व्यवारिसे भई आश्रममा शरणलिन आउनुभएका मानवहरुको सेवागर्ने अवसर प्राप्त गरेकोमा निकै आभारी छौं । यो शिविरले उहाहरुको वर्तमान स्वास्थ्य समस्याहरुको जाच तथा सम्बोधन गर्ने मात्र नभई महामारी लाई परास्त गर्नका निम्ति उहाहरुको रोगप्रतिरोधात्मक क्षमता सुदृढ गर्ने एक राम्रो अवसर पनि हुनेछ।' 

उनले शिविर आयोजना गर्ने अवसर प्रदान गरेकोमा आश्रमलाई धन्यवाद दिदै चिकित्सकहरुको टोली, स्वयंसेवक तथा सहयोगी संस्थाहरुको सहयोगको सराहना गरे जसको सहयोगबिना वृद्धाश्रमहरुमा निरन्तर शिविर संचालन गर्न सम्भव थिएन। 

आश्रमका मानवहरुलाई उनिहरुको स्वास्थ्य अवस्थाबारे जाँच गरी चिकित्सकहरु द्वारा  नि: शुल्क औषधिहरु प्रदान गरीएको थियो।  शिविरमा डा. ऋषि केशव भुसाल, डा. हेमन्त गौतम, डा. प्रदीप अधिकारी, डा. सुशान्त भण्डारी, डा. दिलीप अधिकारी, डा. रवीन्द्र सुवाल, डा. नीरु भट्टराई, डा. स्वीकृति लामिछाने र डा. सुर्यश्वोरी दुवाडी लगायतको उपस्थित रहेको थियो। आयोजक समूहले आश्रमको निम्ति साबुन, मास्क र रोगप्रतिरोधात्मक चिया सहित निर्धारित औषधि, सरसफाई तथा प्रतिरक्षा किट आश्रम संचालिका जमुना पौडेललाई हस्तान्तरण गरेको थियो । यसअघि टिम नेपोले शङ्ख्धर जेष्ठ नागरिक सेवा केन्द्र, कीर्तिपुर र दिव्या सेवा निकेतन वृद्धाश्रम, गोल्फुटार, काठमाडौंमा निःशुल्क चिकित्सा शिविरको आयोजना गरिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्