नेकपा( एकीकृत समाजवादी) निकट रुपन्देही -अर्घाखाँची सम्पर्क मंच गठन हुने , नेता राजु गुरुङ, राम बहादुर चौहान लगायतको उपस्थित रहने

| २०७८ असोज ११ गते १५: ४५ मा प्रकाशित

बुटवल ।नेकपा( एकीकृत समाजवादी) निकट रुपन्देही -अर्घाखाँची सम्पर्क मंच गठन सनिवार हुने भएको छ । नेकपा रुपन्देही जिल्ला कमिटी सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश कमिटी सदस्य भोज बहादुर खड्का ले जानकारी दिए । 

जानकारी :
 
यहि २०७८ असौज १६ गते शनिबारको दिन नेकपा( एकीकृत समाजवादी) समर्थित ,रुपन्देही -अर्घाखाँची सम्पर्क मंच गठन हुने भएकोले उक्त कार्यक्रम लाई भब्य,सभ्य,तथा शानदार रुपमा सफल पार्नको लागि,अर्घाखाँची बाट रुपन्देही मा आइ स्थाइ -अस्थाइ रुपमा बसोवास गर्नु हुने विभिन्न पेशाब्याबसाय तथा पठन पाठनको शिलशिलामा मा रुपन्देही जिल्लामा हुनुहुने सम्पुर्ण नेता कार्यकर्ता,समर्थक शुभचिन्तक हरुलाइ उपस्थित हुनुहुन तथा उक्त सम्पर्क मंचमा संगठित हुन हार्दिक अनुरोध गर्दछु।

स्थान : बुटवल उपमहानगर पालिका,वडा न १३ बेलवास चोक,हाइवेको उत्तर पट्टि सटेको नमस्ते पार्टी ,प्यालेस।

 प्रमुख अथिती:
  
क-  डा विजय पौडेल ,नेकपा( एकीकृत समाजवादी) पार्टी का केन्द्रीय उपमहा सचिव तथा मोर्चा संगठन इन्चार्ज।(जो पुर्ब शिक्षा मन्त्री क मोदनाथ प्रश्रति को पुत्र पनि हुनुहुन्छ)विशिस्ट अतिथी: क राजु गुरुङ्ग,लुम्बिनी प्रदेश कमिटी सचिव, तथा अर्घाखाँची जिल्ला अध्यक्ष क राम बहादुर चौहान लगायत,संयोजक : भोज बहादुर खड्का, नेकपा रुपन्देही जिल्ला कमिटी सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश कमिटी सदस्य।

प्रतिक्रिया दिनुहोस्