संघियता र एमसीसीका बिरुद्ध राष्ट्रिय जनमोर्चाको बुटवलमा बृहत बिरोध सभा

| २०७८ असोज २० गते २०: ५० मा प्रकाशित

टेकराज भुसाल।
आश्विन २० बुटवल -  गणतन्त्र र राष्ट्रियताकाे रक्षा, संघियताकाे खारेज,  एमसीसी, भ्रष्टाचार र महङ्गिका बिरुद्ध राष्ट्रिय जनमाेर्चा लुम्बिनी प्रदेश समितिले बुधबार बुटवलमा बिराेध र्याली सहित सभा सम्पन्न गरेकाे छ।

बुटवलको राजमार्ग चाैराहादेखि सुरु भएको बिरोध र्याली मिलनचाेक, तिनकुने, देविनगर हुदै भुपु सैनिकको प्राङ्गणमा गएर सभामा परिणत भएको थियो।

राष्ट्रिय जनमाेर्चाका हजारौं नेता कार्यकर्ताहरुले गणतन्त्र र राष्ट्रियताको रक्षा गर! संघियता खारेज गर! एमसीसी चाहिदैन, अमेरिकी तथा भारतिय साम्राज्यवाद मुर्दाबाद जस्ता नारा लगाएका थिए।

बिराेध सभामा बाेल्दै राजमाे लुम्बिनी प्रदेश अध्यक्ष बाेम बहादुर खत्री, अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर केसी, बामपंथी नेता सुरेश थापा, अखिल नेपाल महिला संघका केन्द्रीय महासचिव सकुन्तला राना, अखिल (छैठौं) केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुवरले गणतन्त्र र माथि संकट पैदा भएको बताएका थिए।

कार्यक्रम राजमाे लुम्बिनी प्रदेश उपाध्यक्ष बद्रे आलमकाे अध्यक्षता सचिव साेम कार्कीको सञ्चालनमा सम्पन्न भएको थियाे।

प्रतिक्रिया दिनुहोस्