रुपन्देहीको तिलोत्तमामा 'सुनौलो फार्मेसी' सञ्चालनमा

| २०७८ कार्तिक १३ गते २२: ०० मा प्रकाशित

बुटवल । रुपन्देहीको तिलोत्तमामा सुनौलो फार्मेसी सञ्चालनमा आएको छ । लायन्स क्लब अफ बुटवल गोल्डेन जुब्लीको सहकार्यमा तिलोत्तमा नगरपालिका -५ मणिग्राममा सञ्चालनमा ल्याईएको उक्त फार्मेसीको शनिबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । 

उक्त फार्मेसीको मुख्य उद्देश्य क्यान्सर रोग पीडितहरुको उपचार गर्ने रहेको लेखा समितीका सदस्य बिष्णु खनालले बताए । २५ लाख लगानीमा सञ्चालनमा ल्याईएको फार्मेसीबाट रगत, दिशा, पिसाब तथा सम्पूर्ण ल्याब परीक्षण गरिने उनको भनाई छ । 

सो अवसरमा औषधि व्यवसायी संघ जिल्ला शाखा रुपन्देहीका अध्यक्ष सुरज भट्टराईले स्वास्थ्य संस्थाहरुको स्थापनाले नागरिकहरुलाई फाइदाजनक हुने बताए । 

तिलोतमा नगरपालिका वडा नं. ५ का अध्यक्ष चेतनारायण भण्डारी, वडा नं. ६ का सुकदेव न्यौपाने, तिलोत्तमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशब भट्टराई लगाएतले गुणस्तरीय स्वास्थ्य संस्थाहरु स्थापना हुुनु आम नागरिकका लागि सकरात्मक भएको बताउँदै शुभकामना व्यक्त गरेका थिए । 

उद्घाटनको दिन सय बढिको नि:शुल्क सुुगर परिक्षण गरिएको खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्