युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन सम्पन्न,अध्यक्षमा पाटन

| २०७८ कार्तिक १६ गते १९: १८ मा प्रकाशित

गुरुदेव खनाल अर्घाखाँची। नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन दाङको तुलसीपुरमा सम्पन्न भएको छ।

१४ र १५ गते दुइदिन सम्म तुलसीपुरमा चलेको सम्मेलनले पाटन जंगलीको अध्यक्षतामा ७१ सदस्यीय केन्द्रीय समिती निर्वाचित गरेको छ जसको उपाध्यक्षमा दिनेश,महासचिवमा बिदुसी,सचिवमा तिलक र कोषाध्यक्षमा बिस्लेसन रहेका छन भने सदस्यहरुमा दिप,श्याम,बिरेन्द्र बिक,भुवन कुवर,इन्द्र,नेत्र,राम,प्रविन,बिचारमान,सुवास,भरत पुलामी,अजय श्रेष्ठ,महेन्द्र सुनार,कृष्ण बहादुर श्रेष्ठ,जीवन तामाङ,राजकुमार पुतवारधन बहादुर श्रेष्ठ,शंकर भुजेल,किरण अर्याल,निरज शाह,मदन गजमेर,कबिराज यमजुङ,बिधुर शेर्पा,हर्क लिम्बू,आकाश श्रेष्ठ,सन्दिप बिक,तेज लामा,मोहन कुमार राम,प्राण कुमार लामा,अबिनाश,बादल,लिला शारु मगर,सन्तोष सुवेदी,खड्क सिंह,गोबिन्द चन्द्र,आशिष थापा,दिपक बुढाथोकी,प्रेरणा रोकाय,तिलक पौडेल,गोबिन्द बुढा,मिनेश एडि,शागर शाही,कल्पना मल्ल,मनोज परियार,हरि बस्नेत,जिवनी चौधरी,बिबेक विक,प्रकाश गिरि,डिल्ली रमण वली,मनमोहन जोशी,लोकेश धामी,हर्क बहादुर कुंवर,सुशील साउद,कविता कार्की,मकर गुरुङ,प्रमोद सिंह,प्रशान्त,बसन्त,साबित्रा अधिकारी,जस्मान निर्वाचित भएका हुन।

सम्मेलनमा प्रशिक्षणात्मक मन्तव्य राख्दै प्रमुख अतिथी नेकपाका महासचिव विप्लवले विश्वभरी संसदीय व्यवस्था चरम संकटमा पुगेको भन्दै संकट समाधानको निर्विकल्प बाटो जनमतसंग्रह मार्फत बैज्ञानिक समाजवाद भएको जिकिर गर्नुभयो।

विप्लवले सरकार र आफ्नो पार्टीबिच भएको तिन बुदे सहमती अक्षरंस लागू नगरे चरणबद्ध संघर्ष गर्ने उद्घोष गर्नुभयो। नेता विप्लवले आफुहरु संग हतियार नभएको समेत बताउनुभयो। उहाले भन्नुभयो,”हामिसंग हतियार छैन,कहाँ छ हतियार हामिसंग? आशंकामा बोल्न मिल्छ विप्लवले भन्नुभयो।

विप्लवले आफुहरु सासंद मन्त्री बन्न नेपाली जनतालाइ मुक्त गर्न चाहेको बताउनुभयो। तिन बुदे सहमती एकीकृत जनक्रान्तीको विजयको कारणले भएको भन्दै कोहि दलालहरु संग झुकेर सहमतीमा गएको भन्ने कुतर्क गर्नेहरु प्रतिक्रियावादीहरुको कुतर्क भएको बताउनुभयो। नेपालमा युवाहरु लड्न नसकेको होइन बरु नेताहरुले खुट्टा कमाएका हुन, विप्लवले भन्नुभयो। बिज्ञान र प्रबिधिलाइ क्रान्तिको हतियार बनाउन सकिने भन्दै एकीकृत जनक्रान्तीको कार्यदिशा क्रान्तिको बिज्ञान भएको विप्लवको भनाइ थियो। शरिरमा गोलि बोकेर जनमुक्ति सेनाहरु बिदेशी मरुभूमिमा प्रचण्ड बाबुरामको गद्दारीका कारणले जान बाध्य भएको दाबी गर्नुभयो।एउटा सुन्दर सपना देखाएर युवाहरुलाइ आन्दोलनमा होमेर जनता र युवाहरुलाइ सडकमै छोडेर प्रचण्ड बाबुरामहरु पुजीवादका ठेकदार भएको
विप्लवको जिकिर थियो। समाजमा युवाहरुलाइ लागुऔसधमा लठ्ठ वनाएर दलाल सत्ताका प्रतिनिधिहरुले सम्भाबित सचेत बिद्रोह रोक्ने र समाजमा अपराधी उत्पादन गरिरहेको विप्लवको भनाइ थियो।

विप्लवले केही अवसरवादिहरुले कम्युनिस्ट आन्दोलनका लाखौ युवाहरुको व्यापार गरेको बताउनुभयो। युवा भनेको आट,शाहस,बिद्रोह र रुपान्तरण हो,विप्लवले भन्नुभयो।

विप्लवले चौथो राष्ट्रिय सम्मेलनबाट जुझारु,सक्रीय र बर्गप्रती वफादार संगठन निर्माण गर्न शुभकामना व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्