नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन सम्पन्न 

| २०७८ पौष २० गते १९: ०६ मा प्रकाशित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन सम्पन्न भएको छ ।२ सय ३७ जनाको केन्द्रीय समिति चयन गर्दै माओवादी केन्द्रको महाधिवेशन सम्पन्न भएको हो । माओवादीले कष्टकरका बीचमा समावेशी समानुपातिकसहितको केन्द्रीय समिति घोषणा गरेको हो ।

केन्द्रीय समितिको नाम घोषणा गर्नु अगाडि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय प्रतिनिधिका रुपमा रहेका सबैलाई मनोनितबाट केन्द्रीय समितिमा ल्याउने महाधिवेशनको बन्दसत्र हललाई जानकारी गराए ।

माओवादी केन्द्रका केन्द्रीय प्रतिनिधि सबैलाई पार्टी विधानअनुसारको १५ प्रतिशतको मनोनितको आधारमा केन्द्रीय समितिमा ल्याउने प्रचण्डको भनाई थियो ।

‘जोजो कमरेडहरु केद्रीय प्रतिनिधिको रुपमा हुनुहुन्छ, उहाँहरुलाई पहिलो केन्द्रीय समितिको बैठकबाट केन्द्रीय समितिमा मनोनित गरिनेछ । म यो कुरा महािधवेशन हललाई जानकारी गराउन चाहन्छु ।’ प्रचण्डले भनेका छन् ।

माओवादी केन्द्रमा केन्द्रीय प्रतिनिधिको रुपमा जिल्ला इन्चार्जको भूमिकामा रहेका र अखिल क्रान्तिकारीबाट मुल पार्टीमा आएकाहरु केन्द्रीय प्रतिनिधिको रुपमा छन् ।

माओवादी केन्द्रमा केन्द्रीय प्रतिनिनिधिको रुपमा रहेकाहरुलाई पार्टी विधानअनुसार बाँकी १५ प्रतिशतभित्र मनोनित गर्ने प्रचण्डको भनाई थियो । ‘जतिजना केन्द्रीय प्रतिनिधि कमरेडहरु हुनुहुन्छ, उहाँहरुलाई १५ प्रतिशत मनोनितमा राखिन्छ, अरु कोही शीर्ष कमरेडहरु छुट्नुभएको छ भने त्यसबाहेकको १० प्रतिशत मनोनितमा समेटिन्छौँ’ प्रचण्डले भने ।

३७ जना केन्द्रीय प्रतिनिधिमा कुनै पनि केन्द्रीय प्रतिनिधि मातहतको वा अन्य पार्टी कमिटिमा रहेको खण्डमा भने उनीहरु केन्द्रीय समितिमा मनोनित नहुने माओवादी केन्द्रका एकजना नेताले बताए ।

‘हामीले मोटामोटी २७ जना केन्द्रीय प्रतिनिधिलाई केन्द्रीय समितिमा ल्याउने भनेर स्थायी कमिटिबाट निर्णय गरेका छौँ’ ती नेताले भने, ‘कतिपय केन्द्रीय प्रतिनिधि अन्य कमिटि र मातहतका कमिटिमा बस्नुभएकाले उहाँहरु केन्द्रीय समितिमा मनोनित हुँदैन ।’

हाल माओवादी केन्द्रका केन्द्रीय प्रतिनिधिहरुको नामवली

१.बाबुराम गौतम,
 २.खेलप्रसाद बुढाथोकी, 
३. सुर्यमान दोङ, 
४.इन्द्र गोतामे,
 ५. सत्यनारायण शेरचन, 
६.गोविन्द पौडेल,
 ७.कपिल लामा, 
८.पारसमणि पौडेल, 
९.दिपक कोइराला, 
१०.शैलेन्द्र घिमिरे, 
११.कमल चुडाली, 
१२.नारायण अधिकारी,
 १३.घनश्याम यादव, 
१४.सुदर्शन बराल, 
१५.कर्णबहादुर बस्नेत, 
१६.मंगलबहादुर शाही, 
१७.कर्णबहादुर बुढाथोकी,
 १८.आरबी  खड्का प्रवाश  ,
१९.रामलाल विक, 
.मानबहादुर धामी, 
२१.कर्णबहादुर विक,
 २२.झपटबहादुर साउद, 
२३.शिव सिं ओली, 
२४.जगत पार्की, 
२५.रत्न ढकाल, 
२६.रमेश मल्ल, 
२७.सन्तोष विष्ट, 
२८.रञ्जित तामाङ, 
२९.तिलकराज भण्डारी, 
.सुरेन्द्र बस्नेत, 
३१.उत्तम अधिकारी, 
३२.दिपक देवकोटा, 
३३.विजय गौतम, 
३४.सुर्यनाथ यादव, 
३५.प्रकाश विकल्प, 
३६.बिमल अधिकारी 
३७.डा.भरत लामिछाने

प्रतिक्रिया दिनुहोस्