पराल बोकेको ट्रकमा कार ठोकिंदा तीनजनाको मृ'त्यु

| २०७८ माघ २४ गते १४: ३७ मा प्रकाशित

बुटवल। पराल लिएर गएको ट्रकमा कार ठोकिदा बुटवलको तामनगर नजिक भयानक दुर्घटना भएको छ । दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भयका छन। आज बिहान ५ बजेतिर भएको घटनामा परी बुटवल १३ का अन्दाजी २७/२८ वर्षिय सविन चौधरी, सोही स्थान र उमेरकै गोविन्द चौधरी र नवीन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही स्थानका भागिरथ चौधरी गम्भीर घाइते छन् भने बुटवल १२ का अनिश जिसि सामान्य घाइते भएको प्रहरीले जनाएको छ। ट्रक चालक फरार छन्।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्