मन्त्रिपरिषद्को बैठक : स्थानीय तहको निर्वाचन ०७९ बैशाख ३० गते गर्ने निर्णय

| २०७८ माघ २४ गते १७: ०२ मा प्रकाशित

काठमाडौं, २४ माघ । मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तहको निर्वाचन आगामी २०७९ साल बैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले बैशाख ३० वा जेठ ४ गते निर्वाचन गर्नेबारे यसअघि समझदारी गरेका थिए । तर, आजको मन्त्रिपरिषद् बैठकले भने ०७९ साल बैशाख ३० गते एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्