काठमाडौंका शासकले मधेसका जनतालाई जहिले पनि दोस्रो दर्जाका नागरिक ठाने : प्रचण्ड

| २०७८ चैत ८ गते १६: ०० मा प्रकाशित

काठमाण्डौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राजनीतिक परिवर्तन आउनु अघि काठमाडौंका शासकले मधेसका जनतालाई जहिले पनि दोस्रो दर्जाका नागरिकको रुपमा हेर्ने गरेको बताएका छन् । मंगलबार जनकपुरधाममा मधेस प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनबाट त्यस्ता विभेदको रेखा कोर्ने राजा–महाराजालाई परास्त गरिएको उनले बताए ।

प्रतिगमनविरुद्धको संघर्षमा मधेसले फेरि पनि अगुवा भूमिका खेलेको भन्दै उनले प्रशंसासमेत गरे । ‘तपाईहरुले प्रतिगमनका विरुद्ध जिल्ला सदरमुकाम र गाउँगाउँमा गरेका पहलकदमीमात्र होइन, मधेसबाट काठमाडौंका सडकमा गएर देशभरि सन्देश दिने भूमिका निर्वाह गरेकोमा तपाईहरु सबै धन्यवादका पात्र हुनुहुन्छ ।’ अहिले नेकपा माओवादी केन्द्र रुपान्तरण र क्रान्तिकारी विचार विकासको चरणमा प्रवेश गरेको उनले बताए । यो प्रक्रियामा पनि मधेसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको विश्वास थियो । समाजवादी क्रान्तिको अगुवाई मधेसले नै गर्ने उनले प्रस्ट पारे ।

तराई मधेस रणनैतिक, भौगोलिक उपस्थितिको हिसाबले पनि धेरै महत्वपूर्ण रहेको भन्दै उनले नेपालको राष्ट्रिय एकता र राष्ट्रिय स्वाधिनता, नेपालको भौगोलिक अखण्डताको रक्षामा पनि पहरेदार भएर उभिएको प्रचण्डले बताए ।

प्रतिक्रिया दिनुहोस्