नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

| २०७८ चैत ८ गते २३: ४५ मा प्रकाशित

राष्ट्रका लागि युवाद्वरा आयोजीत संदेश आचार्यको अध्यक्षतामा मिति २०७८ चैत्र ५ मा लाइन्स क्लब पाल्पा रनौजिरेसोरी, रोटरी क्लब दरबारमार्ग र जेसीसको सहयोगमा बगनाशकाली वडा अन्तर्गत श्री राम आधारभूत विद्यालयमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। 

कार्यक्रममा लगभग ३०० विरामीहरुलाई स्वास्थ्य परिक्षन पश्चयात औषधि उपलब्ध गराइएको थियो । Lumbini Medical college का  ४ जना विशेषज्ञ डाक्टरहरु र अन्य १० जना  डाक्टरहरुको पनि सो कार्यक्रममा सहभागिता रहेको थियो। त्यसैगरी सोहि कार्यक्रममा महिनावारी र सरसफाई सम्बन्धी सचेतना कार्यक्रम समेत गरिएको थियो। 

यस कार्यक्रमलाई धेरै प्रभावकारी र उत्कृष्ट बनाउनको लागि हामी आयोजकको तर्फबाट लाईन्स क्लब अफ पाल्पा  रनौजिरेसोरी ,जेसीस परिवार  ,रोटरी क्लब अफ दरबारमार्ग र एसीएसलाई धन्यवाद दिएको छ।

सो कार्यक्रमको लागी औषधि उपलब्ध गराइदिनु भएका चिकित्सा प्रतिनिधिहरुलाई पनि आयोजक टिम धेरै धेरै धन्यवाद व्यक्त गरेको छ। साथै यस कार्यक्रममा सहभागी सबै सदस्यहरूलाई आयोजक ले धन्यवाद दिदै भविष्यमा पनि यस्तै सक्रिय सहभागिताको आयोजक ले आशा गारेको छ।

प्रतिक्रिया दिनुहोस्