सरकारी तलब तथा भत्ता नलिने झिमरुक गाउँपालिकाका अध्यक्ष , माओवादी केन्द्रका महताराको घोषणा

| २०७९ जेठ ६ गते १६: ३२ मा प्रकाशित

प्युठान। प्युठान जिल्लाको झिमरुक  गाउँपालिकाका अध्यक्ष पितबहादुर महतारा क्षेत्रीले पाँच वर्षे कार्यकालभर सरकारी तलब–भत्ता नलिने घोषणा गरेका छन ।

आज शुक्रवार गाउँपालिका कार्यालयमा शपथ ग्रहणपछि उहाँले आफ्नो कार्यकालभर तलब–भत्ता नलिने घोषणा गरेका छन  । ‘म र परिवारको दैनिकी धान्नका लागि अहिले पनि समस्या छैन, मेरो तलब–भत्ताबापतको रकम राज्यकोषमा जाओस्, या कतै राम्रो कार्यमा लगानी होस् भनेर यस्ताे घोषणा गरेको हुँ’, अध्यक्ष महताराले भनेका छन ।                                                                              

आफ्नो पार्टीले जितेका पालिकामा अरूले भन्दा राम्रा र जनमुखी काम गर्नुपर्छ भन्ने माओवादीको नीति रहेको पनि महताराले बताएका छन । 

प्रतिक्रिया दिनुहोस्