सरकारलाई मल होइन माल चाहिएको छ

| २०७९ जेठ २४ गते १८: ५३ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले सरकारले कृषकलाई रासायनिक मल दिन नसकेकोमा आपत्ति जनाएका छन् । सरकार ‘माल’को पछाडी हिंडेका कारण मल ल्याउन नसकेको उनको आरोप छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

‘आज बालीनाली लगाउने बेला छ । मलको हाहाकार छ । मल छैन । हामीले सुनि राखेकाछौं–मल खोज्न कृषिमन्त्री भारततिर जानु भएको छ । कहाँ पुग्नु भयो ? उहाँको हालखवर के छ ? मल आउँछ कि आउँदैन ? भट्टराईले भने, ‘लिएर आउनु हुन्छ कि हुन्न ? मल नपाएर कृषिमन्त्री थकित भएर उतै निर्वासित हुने हो कि ? भन्ने आशंका पनि छ यहाँ, सभामुख महोदय । अर्को कुरा, मल आउँछ । तर यो सरकारले मल ल्याउन खोजेको छैन । मलमा माल खोजी रहेको छ ।‘

प्रतिक्रिया दिनुहोस्