एसपीपी अस्वीकार गर्न ९ नौं दलको माग

| २०७९ असार १ गते १६: ११ मा प्रकाशित

 काठमाडौं । अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) स्वीकार नगर्न नौ वटा राजनीतिक दलहरुले माग गरेका छन् ।

बुधबार नेकपा क्रान्तिकारी, मोहन वैद्य किरण नेतृत्वको नेकपा, नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्‍युनिष्ट पार्टी नेपाल, माओवादी कम्‍युनिष्ट पार्टी नेपाल, ऋषि कट्टेल नेतृत्वको नेकपा, नेकपा माओवादी समाजवादी, नेकपा मसाल केसस र जनसमाजवादी मञ्‍च नेपालले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै नेपालको सार्वभौमिकता र राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप नगर्न माग गरेका हुन् ।

अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएपछि नेपालमा अमेरिकाको हस्तक्षेप बढेको र त्यसको सहजकर्ता प्रधानमन्त्री देउवा भएको ९ वटा कम्युनिस्ट दलहरुको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञप्ति 

विज्ञप्ति 

 

प्रतिक्रिया दिनुहोस्