आगामी संसदीय निर्वाचनमा रुपन्देही क्षेत्र नं २ बाट डा. निकोलस भुसाल(कमल)द्वारा स्वतन्त्र उम्मेदवारी घोषणा

| २०७९ असार २ गते १८: ३४ मा प्रकाशित

आगामी संसदीय निर्वाचनमा रुपन्देही क्षेत्र नं २ बाट डा. निकोलस भुसाल(कमल)ले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । मंसिरमा हुने निर्वाचनका लागि डा. भुसालले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

लामो समयदेखि सामाजिक अभियन्ताका रूपमा काम गरेका भुसालको उक्त घोषणा अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । पूर्वसचिव भीम उपाध्याय, कलाकार निर्मल शर्मा र रुटिन अफ नेपाल बन्द, दारी ज्ञाङ्ग लगायतले पनि उनको उम्मेदवारीलाई समर्थन गर्दै शुभकामना दिएका छन् ।

काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहको चुनावी अभियानमा योजनाकार बनेर खटिएका भुसालको उम्मेदवारी घोषणाले रुपन्देहीको राजनितिक माहोल पनि तरङ्गित हुने देखिएको छ । भुसालले युवाहरूको टिम नै बनाएर निर्वाचनको तयारी थालेपछि उनलाई समर्थन गर्नेहरूको संख्या बढ्दो छ । जति नेताहरूले जितेपनि आफ्नो क्षेत्रमा विकासभन्दा राजनोती बढी गरेको डा. भुसालले बताउने गरेका छन् ।

विभिन्न सामाजिक संस्थामा काम गरेका डा. भुसालको अन्तरास्ट्रिय सम्बन्ध पनि राम्रो छ । उनी युथ फर नेशनको संस्थापक अध्यक्ष, योङ्ग डक्टर एशोशियसनको संयोजक, नेशनल रेसिडेन्ट डक्टर एशोशियसनको उपाध्यक्ष, युथ फर प्लानेटको संस्थापक, नेपाल मेडिकल टुरिजम अर्गनाइजेसनको संयोजक र दारी ग्याङ मेडिकल संयोजक हुन् ।

स्वस्थ्य नेपाली सुखी नेपाली, शिक्षित नेपाल विकसीत नेपाल, डिजिटल नेपाल सम्वृद्ध नेपाल, सफा नेपाल हरियाली नेपाल, अर्गाानिक नेपाल आत्मनिर्भर नेपाल लगायतका अभियानमा काम काम गरिरहेका भुसालले जनप्रिय एजेण्डाहरू बनाएर चुनावी तयारीमा जुटेका छन् । उनले कृषि, स्वास्थ, शिक्षा र रोजगारीलाई मुख्य एजेन्डा बनाएका छन्।

रुपन्देहीको क्षेत्र नं २ एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको क्षेत्र हो । यस क्षेत्रबाट २०७४ सालमा पौडेल निर्वाचित भएका थिए। नेकपा एमालेका उपाध्यक्ष पौडेलले ४४ हजार ९ मत ल्याएर जितेका थिए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका युवराज गिरी २१ हजार ९ सय ४६ मत ल्याएका थिए।

भुसालको चुनावी प्रचारको लागि बालेन शाह पनि आउने चर्चाले उनको उम्मेदवारी थप रोचक देखिएको छ । भुसालले पनि आफूलाई युवाहरूको समर्थन रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्