काठमाडौं मा बोरिङ खन्दा ग्यास निस्कियो

| २०७९ सावन ३ गते १२: ५६ मा प्रकाशित

काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा पानीको बोरिङ खन्दा ग्यास निस्किएको छ। मंगलबार बिहान  गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ मा बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो। 

स्थानीयले घर बनाउन चाहिने पानीको व्यवस्था गर्न बोरिङ खन्ने क्रममा ग्यासको मुस्लो निस्किएको प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ।  प्रहरीका अनुसार  ३ सय मिटर खन्दा बालुवा र ग्यास निस्किएको  हो। 

ग्याससँग निस्किएको हिलो र ढुङ्गा आसपासका घरहरूमा पुगे पछि स्थानीय त्रसित बनेका छन्।

प्रतिक्रिया दिनुहोस्