काठमाडौं-५ बाट हेमराज थापाले गरे स्वतन्त्र उमेदवारी घोषणा

| २०७९ भदौ ५ गते १३: ३२ मा प्रकाशित

काठमाडौं । सुदूरपश्चिम प्रदेशका हेमराज थापाले काठमाडौं क्षेत्र नम्बर–५ बाट संघीय निर्वाचनमा स्वतन्त्र उमेदवारी दिने घोषणा गरेका छन् । शनिबार चक्रपथस्थित सडकमै एक कार्यक्रम गरी उनले उमेदवारी घोषणा गरेका हुन्। काठमाडौं–५ नेकपा (एमाले)का नेता ईश्वर पोखरेल निर्वाचित भएको क्षेत्र हो ।

सामाजिक सञ्चालमा चर्चित थापा पूर्वविद्यार्थी नेता तथा सञ्चारकर्मी समेत हुन् । भष्ट्राचार, अन्याय, व्यवस्थाका विकृति विरु’द्ध आफूले सडकबाट बोल्दै आएको र अब संसद् भवनबाटै बोल्नका लागि उमेदवारी रहने थापाले बताए । आफू निर्वाचनको तयारीमा जुटि सकेको र स्वतन्त्र नागरिकलाई आफ्नो अभियानमा साथ दिन उनले आग्रह समेत गरे ।

यो पनि, अफ्रिकी महाद्वीपको मध्य र पूर्वमा खडेरी

अफ्रिकी महाद्वीपको मध्य र पूर्वमा खडेरीका कारण जनजीवनसँगै आप्रवासी चराहरू समेत खतरामा परेका छन् । चरम गरिबी, जैविक विविधताको ह्रास, मौसमी चक्र तथा नयाँ प्रविधिमा पहुँचले महाद्वीपलाई जङ्गली प्रजातिहरूको बासस्थान संरक्षण गर्न थप कठिन बनाएको छ। जलवायु परिवर्तन र लामो खडेरीका कारण अफ्रिकी केही देशमा देखिएको तातो र सुक्खा अवस्थाले घुमन्ते प्रजातिलाई कठिन बनाएको विज्ञलाई उद्धृत गरी समाचार संस्था एपीले जनाएको छ।पछिल्ला वर्ष चराहरुले पानी र प्रजननका लागि आवश्यक आधारहरू गुमाइरहेका छन् ।

चराहरु बसाइँसराइको ढाँचालाई नै पूर्ण रूपमा परिवर्तन गर्न बाध्य भएका विज्ञले बताएका छन् । अफ्रिकाका दुई हजार भन्दा धेरै चरा प्रजातिहरू मध्ये सयभन्दा बढी प्रजातिहरू खतरामा रहेका र माडा गास्कर माछा चील, ताइटा फाल्कन र हुड गिद्धहरू जस्ता दर्जनौँ प्रवासी चराहरूका २८ प्रजातिहरूलाई ‘गम्भीर सङ्कट’ उत्पन्न गरेको देखिएको वातावरणीय समूह बर्डलाइफ इन्टरनेशनलको विश्लेषणले देखाएको छ । बर्डलाइफका नीति संयोजक केन मवाथेका अनुसार जलवायु परिवर्तन र चर्को गर्मीले जोखिम बढाएको छ । जलवायु परिवर्तनका कारण जल तथा जमिनमा पाइने अन्य प्रजाति जस्तै चराहरू पनि प्रभावित भइरहेका उहाँको भनाइ छ ।source - sidhakura.com

प्रतिक्रिया दिनुहोस्