माओवादी केन्द्र कपिलवस्तु ३(क)बाट प्रत्यक्षमा एहसान अहमद खानको नाम सिफारिश

| २०७९ भदौ २४ गते २०: ०९ मा प्रकाशित

कृष्णनगर, कपिलवस्तु ।नेकपा माओवादी केन्द्रले कपिलवस्तु क्षेत्र ३ का लागि उम्मेदवार सिफारिस गरेको छ । शुक्रवार चन्द्रौटामा बसेको वैठकले मंसिर ४ गते हुने संघ र प्रदेशको लागि प्रत्येक्ष तथा समानुपातिकको लागि उम्मेदवार सिफारिस गरिएको छ।

कपिलवस्तु क्षेत्र न ३ संघिय सांसदमा मौलाना मशहुद खां नेपालीको एकल नाम सिफारिस भएको छ भने संघमा समानुपातिक तर्फ वाट चिन्ता परियारको नाम सिफारिस भएको छ । वैठकले दुवैजनाको नाम एकल नाम सिफारिस भएको हो ।

लामो समयदेखि सामाजिक क्षेत्रमा कृयशिल मौलाना मशहुद खां नेपाली कृष्णनगरका लोकप्रिय नेताको रुपमा चिनिन्छन। समाजमा हरेक काममा अग्रसर भएर लाग्ने मौलानाले क्षेत्रको मुहार परिवर्तनको लागि उम्मेदवार बन्न तयार रहेको बताए ।

त्यस्तै समानुपातिकमा सिफारिस चिन्ता परियार पत्रकारिता क्षेत्रमा आवद्ध छन् । लामो समय देखि पत्रकारीता गर्दै आएका परियारलाई पार्टीले अवसर दिएमा क्षेत्रको विकास र नागरिकहरुको जिवन परिवर्तन हुने गरि काम गर्ने प्रतिवद्धता जनाए ।

क्षेत्र न ३ (क)का लागि प्रत्यक्ष तर्फ एहसान अहमद खान,राजेन्द्र आचार्य र रमेश चन्द्र चौधरीको नाम सिफारिस भएको छ । प्रदेश समानुपातिकमा उमा विक,गगन कामी,सिता बुढाथोकि,कुमारी कुसुम चौधरी,जयप्रकाश कहार, टिका पुन मगरको नाम सिफारिस भएको छ ।

क्षेत्र न ३ (ख)का लागि प्रत्यक्ष तर्फ चुर बहादुर खड्का,अर्जुन सापकोटा र केशर वलीको नाम सिफारिस भएको छ । प्रदेश समानुपातिकमा सवनम खातुन गितादेवि सुनार र मैयान खानको नामसमानुपातिकमा सिफारिश भएको छl

प्रतिक्रिया दिनुहोस्