भैरहवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा डोजर लगाइयो

| २०७९ मंसिर २६ गते १७: ०६ मा प्रकाशित

बुटवल। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा डोजर चलाएको छ । अवैध संरचना हटाउन घरधनीहरुलाई दुई पटकसम्म ३५ दिने सूचना दिँदासमेत अटेर गरेपछि नगरपालिकाले डोजर लगाएको बताइएको छ ।

नगरपालिकाले दशैँअघि नै अवैध तवरले निर्माण गरिएका संरचना हटाउन सूचना जारी गरे पनि हिजोदेखि मात्र त्यस्ता संरचनाहरुमा डोजर लगाएको जानकारी दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौडयालका अनुसार हिजोदेखि नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा डोजरको प्रयोग गरेर भत्काउन थालेको हो । 

उनले भने, ‘हामीले दशैँअगाडि नै यो प्रक्रिया सुरु गरिसकेका थियौँ, घरधनीहरुलाई दुई पटकसम्म ३५ दिने सूचना दियौँ । तर अटेर गरेपछि एक्सनमा उत्रियौँ ।’  हालसम्म नगरपालिकाले दुई तीन वटा वडाका अवैध संरचना हटाइसकेको उनको दाबी छ ।जनआस्था डटकम बाट साभार 

 

प्रतिक्रिया दिनुहोस्