बिहेमा भोज खाएका २ सय जना बिरामी

| २०७९ मंसिर २६ गते १७: २८ मा प्रकाशित

नवलपरासी पूर्व — गैंडाकोटबाट भरतपुर बिहेमा जन्ती गएका झन्डै २ सय जना बिरामी परेका छन् । गत शुक्रबार गैंडाकोट नगरपालिका वडा नम्बर १ का गणेश ढकालको बिहे भोजमा सहभागी अधिकांश बिरामी परेको स्थानीय एकराज सापकोटाले जानकारी दिए । 

भोज खाएका कारण बिरामी परेका एकराजले आफूसहित ७० जनाको चितवनको नेसनल सिटी अस्पतालमा उपचार जारी रहेको बताए । ‘पेट दुख्ने धेरै छन्,’ उनले भने, ‘जन्ती गएको साँझबाटै समस्या आएर घरेलु औषधिले निको नभएका कारण आइतबार अस्पताल भर्ना भएका हौँ ।’

माइती र जन्ती गरेर ५ सय जना बिहेभोजमा सहभागस् रहेको सापकोटाको भनाइ छ । केहीको स्थानीय अस्पतालमा उपचारपछि घर फर्किइसकेका छन । ई- कान्तिपुर बाट साभार 

प्रतिक्रिया दिनुहोस्