काभ्रे बस दुर्घटना : कम्तीमा १७ जनाको मृ'त्यु

| २०७९ मंसिर २७ गते २१: ०५ मा प्रकाशित

काभ्रे। जिल्लाको बेथानचोक गाउँपालिका-४ मा बस दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । बेथानचोक-४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा बा ३ ख ४३८५ नम्बरको बस मंगलबार साँझ ६ बजेतिर दुर्घटना भएको हो ।

१७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रेशम बोहोराले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान भएको छैन ।

शिर मेमोरियलमा उपचारका लागि लगिएका १४ मध्ये ४ जनालाई काठमाडौं रिफर गरिएको छ । केही घाइतेको धुलिखेललगायत अस्पतालमा उपचार भइरहेको छ ।

जिल्लाको बनेपा नगरपालिका वडा नं ११ बाट ब्रतबन्ध (छेवर)का लागि गाउँपालिकाको वडा नं ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए ।

बसमा सवार कति थिए भन्ने यकिन भएको छैन । नेपाल प्रहरी र नेपाली सेनाको टोलीले उद्धार जारी राखेको छ ।ई-कान्तिपुर बाट साभार 

प्रतिक्रिया दिनुहोस्